६ आश्विन २०८०, शनिबार

हुम्लामा ६ हजार ५ सय च्याँदुलर ओखर



कर्णबहादुर रोकाया

२३ फागुन, हुम्ला । कृषि विकास कार्यालय हुम्लाले विकसित जातको ६ हजार ५०० ओखर वितरण गर्ने भएको छ ।

कृषि विकास निर्देशनालय सुर्खेतको फलफुल विकास प्रबद्र्धन कार्यक्रम अन्तरर्गत ८५ प्रतिशत सहुलियतमा ओखरका विरूवा उपलब्ध गराइने भएको छ । जसका लागि किसानले १५ प्रतिशत रकम अग्रीम जम्मा गरिसेका छन् ।

कर्णाली प्रदेश सरकारले प्रतिबोट ५०९ मुल्य तय गरेको छ । यसमा कम्तीमा पनि ५० बोट रोप्नु पर्ने प्रावधान रहेको कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखतबहादुर खड्काले जानकारी दिएका छन् ।

कृषि विकास निर्देशनालय सुर्खेतले जारी गरेको सूचना अनुसार हुम्लाबाट ६ हजार ५ सय विकसित जातको च्याँदुलर ओखर आयातका लागि बैंकमा रकम जम्मा भइसकेको छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले कर्णाली प्रदेशका दश जिल्लाका लागि एक लाख विकसित जातको च्याँदुलर ओखर सहुलियत दरमा किसानहरूलाई वितरण गर्ने भएको छ । फागुन मसान्तसम्म ६ हजार ५०० च्याँदुलर ओखरका विरूवा हुम्लामा उपलब्ध हुने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको