१२ जेष्ठ २०८०, शुक्रबार

२७ महिनापछि कप्तानको भूमिकासहित घरेलु मैदानमा देखिदै सन्दीप



२३ फागुन, काठमाडौं । विश्व क्रिकेटमा आफ्नो लोभलाग्दो छवि बनाइसकेका नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने २७ महिनापछि घरेलु मैदानमा क्रिकेट खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको सहयोगमा शनिबारदेखि सुरु भएको काठमाडौं मेयर्स कप २०७७ मा सन्दीप कप्तानको भूमिकासहित काठमाडौं मेयर्स ११ टिमबाट खेल्दैछन् । मेयर्स ११ ले आज मुलपानी क्रिकेट मैदानमा बागमति प्रदेशविरुद्ध खेल्दैछ ।

यसअघि विदेशी लिगहरूमा व्यस्त हुँदा वा अन्य व्यक्तिगत कारणले गर्दा दुई वर्ष घरेलु क्रिकेट नखेलेका सन्दीपको घरेलु मैदानको पुनरागमनलाई खेलप्रेमीहरूले चासोपूर्वक हेरिरहेका छन् ।

पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेल्न गएका सन्दीप कोरोनाका कारण लिगनै अनिश्चितकालको लागि स्थगित हुँदा शुक्रबार मात्रै नेपाल फर्किएका थिए । यदि पाकिस्तान सुपर लिग स्थगित नभएको भए शायद सन्दीपलाई यसपाली पनि घेरेलु मैदानमा देख्न पाइने थिएन ।

नेपाल फर्किएपछि सन्दीपलाई क्यानले यसअघि नै घोषित भइसकेका काठमाडौं मेयर्स ११ टिमको कप्तान नियुक्त गरेको हो । सन्दीपले शनिवार कीर्तिपुर पुगेर ट्रेनिङसमेत गरेका थिए । यसअघि नै १५ जना टिम भए पनि सन्दीप समावेश भएपछि मेयर्स ११ को टिम १६ सदस्यीय हुने क्यानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको