५ आश्विन २०७८, मंगलवार

‘कोभ्याक्स’ खोपको ३ लाख ४८ हजार डोज आज नेपाल आउँदै



२३ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘कोभ्याक्स’ खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई दिएको खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिएका छन् ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने भएका छन् । नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने मन्त्रालयले जनाएको छ । नेपाल सरकारले कोरोनाविरूद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरू गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको