१६ श्रावण २०७८, शनिबार

‘कमेडी च्याम्पियन-२’ प्रशारण सुरू, फेरी हाँस्ला त नेपाल ?



२१ फागुन, काठमाडौं । गत वर्षदेखि नेपालमै पहिलो पटक उत्पादन गरिएको कमेडि रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ को प्रशारण सुरू भएको छ । आज शुक्रबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट कमेडी च्याम्पियन प्रशारण गरिएको हो ।

भोली शनिबार बेलुकी ९ बजे पनि प्रशारण हुने हास्य रियालीटी शो हप्तामा दुई पटक (शुक्रबार र शनिबार) प्रशारण हुनेछ ।

डिजिटल अडिशनमार्फत् हजारौँबाट छानिएका १८० जनाले चार वटामा श्रृङ्खलामा फिजिकल अडिशन दिनेछन् । चारवटै श्रृङ्खलामा प्रस्तुती दिने सहभागिहरूबाट निर्णायकले २४ जनालाई छनोट गर्नेछन् । आजको प्रशारित एपिशोडमा उत्कृष्ट प्रस्तुती दिएर भारतको सिक्कीमका बिक्कि अग्रवालले ‘गोल्डेन कि’ प्राप्त गरेका छन् । आयोजकले गोल्डेन कि प्राप्त गर्नेलाई सिधै उत्कृष्ट २४ मा प्रवेश गर्ने नयाँ अवसर सिर्जना गरिएको छ ।

चैत ६ गते उक्त हाँस्य प्रतिस्पर्धाको ग्राण्ड ओपनिङ हुने कमेडि च्याम्पिएनका दृश्य सम्पादक अनिल सम्राटले रारापाटीलाई जानकारी दिए ।

गत बर्षबाट सुरु भएको रियालिटी प्रतिस्प्रधाले दर्शकको अत्याधिक माया पाएर पहिलो प्रयासमै ठुलो सफलता हात पारेको थियो । यसैले पनि यसबर्ष दर्शकको मायालाई बचाइराख्न निकै मिहिनेत गरिएको निर्देशक विशाल भण्डारी बताउँछन् ।

गत वर्षको सिजनमा निर्माणपक्षले अडिसन राउन्ड प्रशारण गरेको थिएन । तर, दर्शकले शोलाई अत्याधिक मन पराएपछि यसपटकदेखि अडिसन पनि प्रशारण गर्न लागिएको विशालले बताए ।

थ्रि प्रोडक्शनले यो शोको निर्माण गरेको हो । शोमा गत वर्षकै निर्णयकहरू सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई दोहोरिएका छन् । यसपटक रिमा विश्कर्माकर्मासँगै अघिल्लो सिजनका एक उत्कृष्ट प्रतिस्प्रधि मेक्सम गौडेल पनि प्रस्तोताका रूपमा देखिएका छन् ।

पहिलो एपिशोड हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु