१६ मंसिर २०७८, बिहीबार

तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौँ, आशंका गर्न जरूरी छैन : विप्लव



२१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले तीनबुँदेमा आफुहरू प्रतिवद्ध रहेको बताउदै आशंका वा कुतर्क नगर्न आग्रह गरेका हुन् ।

सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति

१) दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२) नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३) नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको