१० आश्विन २०७८, आईतवार

घमासान अमेरिकी चुनाव र विश्व राजनीति


योगेन्द्र शाही
१२ भाद्र २०७७, शुक्रबार

यही अगस्ट १७ देखि सुरू भएको अमेरिकी राष्ट्रिय कङ्ग्रेसले अमेरिकी पूर्व उप–राष्ट्रपति जो विदेन र भारतीय अफ्रिकी मूलकी कमला ह्यारिसलाई राष्ट्रपति र उप–राष्ट्रपतिका रूपमा सर्वसम्मत प्रस्तुत गरेको छ । कोरोना भाइरसका कारण चौथो रातसम्म भर्चुअल चलेको मिटिङमा डेमाक्रेटका तर्फबाट निर्वाचित पूर्व राष्ट्रपतिहरू र डेमोक्र्याट नेताहरू ट्रम्प सरकार विरुद्ध आक्रमक रूपमा प्रस्तुत भएका थिए । हिलारी क्लिन्टनले कोरोना महामारीसँगै कसरी धनी झन् धनी बनेको र काम गर्ने मानिसहरू गरिव बन्न पुगेको बताइन् । बर्नी स्यान्डरले डोनाल्ड ट्रम्पले जितेमा अवस्था झनै भयाभह हुने बताएका छन् ।

डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो विदेनले ‘अँध्यारो काल’ को अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको कुरा बताएका छन् । चीनका सम्बन्धमा आपुर्ती चेनहरु एक देशमा मात्र निर्भर नहुने बताएका छन् । वातावरण परिवर्तन, आप्रवासी अधिकार, रोजगार र सामाजिक सुरक्षा, सन्तुलित विदेश नीतिको कुरा गरेका छन् ।

राष्ट्रिय सम्मेलनसँग विदेनले प्रस्ताव गरेका अमेरिकी उप–राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसको चर्चा चलेको छ । उनकी आमा भारतीय मूलकी मेडिकल डाक्टर थिइन् भने बाबु जमैकन अर्थशास्त्री हुन् । कमला अल्पसङ्ख्यक, महिला र आप्रवासी लगायतको अधिकारका पक्षमा लड्ने एक प्रभावशाली वकिल, महान्याधिवक्ता र सिनेटर हुँदै हाल उप–राष्ट्रपतिको उम्मेदवार हुन पुगेकी हुन् । महान्याधिवक्ता हुँदा उनले न्याय सम्पादनमा उल्लेखनिय कार्य गरेको मानिन्छ । अनुभवी र पाका विदेन र युवा जोसकी कमला राष्ट्रपति चुनाव जित्न र कार्यसम्पादनका लागि एक उत्कृष्ट टिम बन्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।

अमेरिकामा जर्ज फ्लोएडको हत्याले अमेरिकी काला जाति र लिवरलहरू माझ एउटा आक्रोश फैलिएको छ । आप्रवासीहरू माथि विभेदको अन्त्य र महिला अधिकारको पैरवीका लागि समेत कमला ह्यारिसको उम्मेदवारीले ठुलो आर्कषण दिने मानिन्छ । विदेनले अन्य सम्भावित उप–राष्ट्रपतिका उम्मेदवारहरू एलिजावेथ वारेन, ओवामाकी पूर्व सुरक्षा सल्लाहकार सुसान राइसलगायतका महिलाको नाम बलियोसँग आए तापनि कमलालाई प्रस्ताव गर्नुमा अहिलेको ज्वलन्त मुद्दामा उनको उम्मेदवारी प्रभावकारी हुन सक्ने भएकाले नै हो । कमला ह्यारिसले डेमोक्र्याटिकको आन्तरिक राष्ट्रपति उम्मेदवार छनौंटका लागि भएको एक छलफलमा अमेरिकामा रङ्गभेद रहेको कुरा आफ्नो बाल्यकालमा छिमेक र स्कुलमा आफुमाथि गरिएको व्यवहारलाई बढो मार्मिक ढङ्गले प्रस्तुत गरेकी थिइन् ।

डेमोक्रयाटिक कन्भेन्सनमा उनले आफ्नो आमा र बाबु र आफुले गरेका सघर्षको कुरालाई नै महत्व दिएकी थिइन् । उनले विदेनको व्यक्तित्व र राजनीतिको प्रसंशा समेत गरेकी थिइन । गला या हात मिलाउने आम पश्चिमा चलन कोरोनाका कारण अहिले हाते कुइनो ठोक्याउने गरिन्छ । तर उनी नमस्कार गर्दै मञ्चमा आएकी थिइन् । सायद उनी यसो गरेर पूर्वीय संस्कृतिको झल्को दिन चाहन्थिन् । यो भारतीय तथा पूर्वीय आप्रवासीहरूलाई सिधै सम्बाेधन पनि हो ।

कमला ह्यारिसको उम्मेदवारीका बारेमा फरक–फरक अनुमान पनि छन् । भारतीय आप्रवासीको मत उनको उम्मेदवारीले कति प्रभावित होला यसै भन्न सकिदैन । किनभने हाउडी मोदीमा ट्रम्पले भारतीय आप्रवासीलाई लक्षित गरी एक सो डाउन गरिसकेका छन् । पछिल्लो भारत चीन झगडाका कारण मोदी–ट्रम्प केमेस्ट्री मिलेको पनि देखिन्छ । त्यसैले भारतिय जनता पार्टी प्रभावित आप्रवासी भोट ट्रम्पलाई नै जाने सम्भावना पनि देखिन्छ । कमला ह्यारिसले कास्मिर मुद्दामा मानव अधिकार हनन्को कुरा उठाएकोले पनि भारतीय कन्जरभेटिभ मत उनका पक्षमा नआउन पनि सक्छ तर आप्रवासनका आम मुद्दासँग जोडिएका भारतीय अमेरिकीको भोट भने उनले आक्रर्षण गर्ने देखिन्छ । चिनियाँ आप्रवासीहरूको भने उनीप्रति बढी सहानुभुति देखिन्छ । उनको अफिसियल रूपमै चिनियाँ नाम छ । ग्लोवल टाइमको एक विश्लेषण अनुसार एसियन तथा अफ्रिकन अमेरिकन मतलाई निश्चय नै एक हदसम्म विदेनका पक्षमा प्रभावित पार्नेछिन् तर यसबाट अमेरिकी श्वेत भोटहरू ट्रम्पका पक्षमा धु्रविकरण पनि हुन सक्दछ ।

अमेरिकामा कोरोना तीव्र फैलिएपछि विदेनको लोकप्रियता ट्रम्पभन्दा निकै अगाडि थियो । तर भर्खरै गरिएको सर्वेक्षणहरूमा विदेन ट्रम्पभन्दा केवल केही प्वाइन्टले मात्र अगि रहेका छन् । डेमोक्रेटिक कन्भेन्सन पछि विदेन ट्रम्पलाई कसरी लिड गर्लान् अहिले भन्नु हतार हुनेछ ।

कोरोनाभन्दा अगि उनी चीनसँगको व्यापार युद्ध पन्छाएर केही नयाँ सम्झौंतातर्फ अगि बढेका थिए । त्यसबेला उनको लोकप्रियता विपक्षभन्दा निकै अगि थियो । उनी अमेरिकी जनतामाझ नयाँ व्यापार सम्झौतामार्फत् अमेरिकाले उपलब्धी गरेको देखाउन चाहन्थे । चीन पनि थप व्यापार द्वन्द्व बेहोर्न चाहदैनथ्यो । तर कोरोना पछि अमेरिका र चीनबीच नयाँ तनाव देखा पर्यो । चीन कोरोनाको चपेटामा पर्दा चीनलाई सिकम्यान अफ एसिया, कोरोना नियन्त्रणका नाममा मानवाधिकार हनन् जस्ता आरोप लगाएर बद्नाम गरियो । फेरी जब कोरोना अमेरिका पुग्यो र तीव्र रूपमा फैलियो यो चीनले फैलाउन लगायो भन्ने अमेरिकी कट्टरपन्थीहरूले आरोप लगाए । चीनले पनि अमेरिकाले नै उहानमा फैलाएको भन्ने प्रत्यारोप गर्यो । विज्ञानसम्मत मान्यता र कुटनीतिले खासै काम नै गरेन ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प कुनैपनि हालतमा दोस्रो राष्ट्रपतिको चुनाव हार्न चाहदैनन् । कोरोनाभन्दा अगि उनी चीनसँगको व्यापार युद्ध पन्छाएर केही नयाँ सम्झौंतातर्फ अगि बढेका थिए । त्यसबेला उनको लोकप्रियता विपक्षभन्दा निकै अगि थियो । उनी अमेरिकी जनतामाझ नयाँ व्यापार सम्झौतामार्फत् अमेरिकाले उपलब्धी गरेको देखाउन चाहन्थे । चीन पनि थप व्यापार द्वन्द्व बेहोर्न चाहदैनथ्यो । तर कोरोना पछि अमेरिका र चीनबीच नयाँ तनाव देखा पर्यो । चीन कोरोनाको चपेटामा पर्दा चीनलाई सिकम्यान अफ एसिया, कोरोना नियन्त्रणका नाममा मानवाधिकार हनन् जस्ता आरोप लगाएर बद्नाम गरियो । फेरी जब कोरोना अमेरिका पुग्यो र तीव्र रूपमा फैलियो यो चीनले फैलाउन लगायो भन्ने अमेरिकी कट्टरपन्थीहरूले आरोप लगाए । चीनले पनि अमेरिकाले नै उहानमा फैलाएको भन्ने प्रत्यारोप गर्यो । विज्ञानसम्मत मान्यता र कुटनीतिले खासै काम नै गरेन । यो अवस्थामा ट्रम्फ चीन विरोधी कडा नीतिमार्फत् अमेरिकी जनतालाई आफ्नो पक्षमा ल्याउन चाहन्थे । तर ट्रम्पले यसरी अब हुँदैन भन्ने बुझे भने उनी अर्काे जुनसुकै कदम चाल्न पछि पर्ने छैनन् । यसको अर्थ ट्रम्प सरकार र चीनबीच चुनाव अगावै थप तनाव पनि हुन सक्छ । तर चीन र अमेरिका बीच कुनै नयाँ व्यापार सम्झौंता भएमा सायद कुनै आश्चार्य हुने छैन ।

मिसेल ओबामाले अमेरिकाको अवस्था देखेर आफू डिप्रेस भएको बताएकी थिइन । तर ट्रम्पले ट्वीटमार्फत्ओवामाले नराम्रो गरेकोले नै आफु जितेर आएको जवाफ दिए । विदेनलाई त ४७ वर्षसम्म अमेरिकाको लागि एउटा पनि उल्लेख्य काम नगरेको बताए । विदेनको नाम उनले सुतुवा विदेन (Sleepy Biden) राखेका छन् । भर्खरै उनले पुटिन, सि, टर्की र उत्तर कोरिया नेताहरू विश्व स्तरीय चेस खेलाडी भएको र उनीहरू कमजोर विदेन जितोस् भनेर कामना गरिरहेको कुरा बताएका छन् ।

डिप्लोमेसीमा टफ लडाइँ गर्नेहरूलाई वल्फ वारिएर भन्ने शब्द प्रयोग हुँदै आएको छ । अमेरिकीराष्ट्रपति डोनाल्ड ट्रम्प राजनीतिका वल्फ वारियर नै हुन् । उनी हरेक कुराको प्रतिरोध गर्दछन् र पत्रकारदेखि राजनीतिज्ञ कसैलाई भन्न बाँकी राख्दैनन् । डेमोक्रेटिक कन्भेन्सनमा उनमाथि प्रहार गर्ने हरेकलाई ट्वीटरमार्फत् हिटब्याक गर्न भ्याएका छन् उनले । ओवामाले आफ्नो लामो भाषणमा प्रजातन्त्र, मूल्य मान्यता जगेर्नाको लडाइँ आवश्यक भएको र ट्रम्प सरकारले यो सबै ध्वस्त गरेको बताए । मिसेल ओबामाले अमेरिकाको अवस्था देखेर आफु डिप्रेस भएको बताएकी थिइन । तर ट्रम्पले ट्वीटमार्फत्ओवामाले नराम्रो गरेकोले नै आफु जितेर आएको जवाफ दिए । विदेनलाई त ४७ वर्षसम्म अमेरिकाको लागि एउटा पनि उल्लेख्य काम नगरेको बताए । विदेनको नाम उनले सुतुवा विदेन (Sleepy Biden) राखेका छन् । भर्खरै उनले पुटिन, सि, टर्की र उत्तर कोरिया नेताहरू विश्व स्तरीय चेस खेलाडी भएको र उनीहरू कमजोर विदेन जितोस् भनेर कामना गरिरहेको कुरा बताएका छन् । कमला ह्यारिसको उम्मेदवारी घोषणा भएसँगै ट्रम्पले उनी ठिकै मानिस हुन् तर अमेरिकाको संविधान अनुसार उप–राष्ट्रपति उठ्न पाउँछिन् कि पाउँदिनन् भन्ने कुरामा शङ्का छ, चेक गर्नु भनेर भने । पछि फेरी अर्काे कार्यक्रममा उनलाई म्याड वीमन (बहुलाहा आइमाई) भन्न भ्याए जसको जवाफ कमलाले हाँसेर ट्रम्प अमेरिकन भोटरलाई यसै गरी डिस्ट्राक्ट गर्न चाहन्छन् भनेर जवाफ दिइन् ।

नेपालीमा एउटा उखान छ तित्राको मुखै बैरी (अर्थः भन्न केही बाँकी नराख्ने) । उनले भन्न कसैलाई बाँकी राखेका छैनन् । उनलाई महाअभियोगका बेला झैं यस पटक पनि अमेरिकी डिप स्टेटले आफुलाई हराउन चाहेको बताइहाले । कोरोना भ्याक्सिन ढिलाई गर्न पनि उनीहरूकै भूमिका रहेको बताए । अमेरिकाको प्रजातन्त्र डिप स्टेटले चलाउँछ भन्ने हल्ला बारम्बार चल्ने गर्दछ । तर अमेरिकी राष्ट्रपतिले नै यस विषयमा यसरी बोलेको सायद अमेरिकी इतिहासमा पहिलो पटक होला । अरू त अरू अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसले अमेरिकी राजनीति वाइपार्टिसनबाट माथि उठ्नु आवश्यक भएको एउटा रेकर्डिङ बक्तब्यमाथि प्रतिक्रिया दिँदै आफुमाथि महाअभियोग मुद्दा लगाइदा पूर्व राष्ट्रपति कहाँ थिए भनेर जवाफ दिए । क्लिन्टनहरू उनको विपक्षमा खुलेर लाग्ने नै भए । सभामुख नान्सी पेलोसीसँग उनको भनाभन हदसम्मै पुग्यो र ६ महिना देखि उनीहरूमाझ बोलचाल छैन । हिजै उनले विदेनले ट्रम्पसँग चुनावी बहसमा सहभागी हुन नहुने बताएकी छिन् । अहिले रिपब्लिकनकै पूर्व नेताहरू जिम्मी कार्टर, कोलिन पावेलले समेत विदेनलाई समर्थन गरेका छन् । तर ट्रम्पले कसैलाई टेड पुच्चर लगाएका छैनन् ।

अगिल्लो चुनावमा उनले भनेका थिए लिङ्कन पछि अमेरिकामा कोही पनि गतिलो राष्ट्रपति भएन । अमेरिकालाई महान बनाउन म आएको हो भन्दै उनले लिङ्कन बाहेक अमेरिकाका सबै पूर्व राष्ट्रपतिहरूलाई रद्दिको टोकरीमा राखिदिएका छन् । उनको यो आक्रमक शैली अमेरिकी उच्च प्रजातान्त्रिक समाजमा कामलाग्दो पनि देखिएको छ ।

भर्खरै सम्पन्न रिपब्लिकनहरूको कङ्ग्रेसमा ट्रम्प र पाइक पेन्सको उम्मेदवारी समर्थनमा विभिन्न वक्ताहरूले आफ्नो विचार व्यक्त गरेका छन् । उनकी श्रीमती मेलिना ट्रम्पले पहिले झैं सोभर शैलीमा ट्रम्प अमेरिका प्रेमी भएको भन्दै उनको प्रतिरक्षा गरिन् भने आफूहरू अशान्ति दङ्गा फसाद, जाति विभेद र हिंसा नचाहेको कुरा प्रष्ट पारिन् । ट्रम्पकी कान्छी छोरी टिफानी ट्रम्पले पनि मोडरेट शैलीमा ट्रम्पको प्रतिरक्षा गरिन् । कतिपय वक्ताहरूले डेमोक्रयाटिक सत्तामा आएमा भूतको फिल्म जस्तो हुने बताए । कसैले र्याडिकल लेफ्टका कारण देश खतरामा जान सक्ने बताए । स्टेट सेक्रेटरी माइक पोम्पियोले इजराइलबाटै ट्रम्पको अमेरिका पहिलो नीतिको वकालत गरे । स्टेट सेक्रेटरीले पार्टी र चुनावी सभामा बोल्न नहुने अमेरिकी कुटनीतिक मर्यादा विपरित आफ्नो कुरा राखी छाडेका छन् । पेन्सले ट्रम्प एउटा चाखलाग्दा व्यक्ति भएको बताए । उनले अमेरिकामा भइरहेको हिंसात्मक प्रदर्शनको अनुपयुक्त भएको बताए । समुद्री आँधी लाउराका कारण भएको धनजनको क्षतीप्रति दुःख व्यक्त गर्दै सक्रियतापूर्वक उद्दार कार्यमा लाग्ने कुरा बताए ।

ट्रम्पले रिपब्लिकन सम्मेलनमा अहिले भर्खरै बोलेका छन् । उनले आफ्नो मुद्दालाई एकपछि अर्काे पुष्टि गर्न प्रयास गरेका छन् । उनले लिङ्कनको योगदानको कुरा गरे । अमेरिका पहिलो नाराको कुरा गरे । रोजगार खोस्ने टिपिपिको विरोध गरे । उनले भने विदेन र उसको पार्टीले जित्यो भने अमेरिका बेच्ने, रोजगार नस्ट गर्ने र चाइनाले अमेरिकाको स्वामित्व लिनेछ । वातावरण परिवर्तन सम्झौंता अमेरिकाका लागि महंगो भएको र आफुले ऊर्जामा आत्मनिर्भर बनाएको बताए । उनले चीन विरुद्ध आफूले कडा कदम लिएको बताए । नाफ्टा खारेज गरेको र नयाँ सम्झौंता गरेको, सिमामा पर्खालको डिफेन्ड गरे । उनले चाइना भाइरसले बेरोजगारी समस्या आएको र महामारीमा आफूले उत्कृष्ट काम गरेको तत्थ्यहरू बताए । यो वर्ष भ्याक्सिन बनाइने बताए । सोलेमिलाई विश्वको नम्बर एक आतङ्ककारीलाई सिध्याएको बताए । मध्यपूर्वमा इजराइलको पक्षमा महत्वपूर्ण योगदान गरेको बताए । चीनले भाइरस विश्वमा फैलिन दिएको आरोप लगाए । जो विदेनलाई झुठको साझेदार (ally of lie) बताए । उने थप भनेः बाइडेन एजेन्डा मेड इन चाइना हो मेरो एजेण्डा मेड इन युएस ए हो । आफुले ट्याक्स घटाउने कुरा बताए । बर्नी स्यान्डरलाई क्रयाजी लेफ्ट र वाइल्ड आइ रेडिकल माक्र्सवादी भएको र विदेनले समाजवादी एजेण्डालाई समर्थन गरेको बताए । डोनाल्ड ट्रम्प लेफ्ट एजेण्डाप्रति चरम असहिष्णु देखिन्छन् ।

सायद चीन अमेरिकासँगको कोरोनाका कारण सिर्जित अविश्वासलाई विश्वासमा बदल्न भरमग्दुर कुटनीतिक प्रयास गरिरहेको हुन सक्छ । चीनले यो प्रयास अमेरिकामा कोरोना फैलिना साथै सुरु गरेको थियो । तर अमेरिकाको एउटा तप्कामा चीनका कारण अमेरिकामा कोरोना फैलियो भन्ने कट्टर चीन विरोधी विचार प्रभावित हुन गयो । विषयवस्तुको तटस्थ छानविन गर्नुभन्दा ट्रम्पले त्यही विचार बोके ।

अमेरिकी चुनावलाई चिनियाँ तथा रसियनहरूले कसरी नियाली रहेका होलान् त भन्ने अर्काे महत्वपूर्ण जिज्ञासा हो । अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई नै मान्ने हो भने चीन अझ रुस समेत आफु राष्ट्रपति भएको देख्न नचाहेको बताएका छन् । सायद आफ्नो चुनावी सहजताका लागि रुस र चीनलाई सन्तुलनमा ल्याउने बारेमा उनी सचेत देखिन्छन् । चिनियाँ सञ्चार माध्यममा आएका विश्लेषणहरूलाई हेर्दा चीन ट्रम्प या विदेन जोसँग सम्भव छ सम्बन्ध सुधारेर जाने पक्षमा देखिन्छ । तर ऊ आफ्नो कोर राष्ट्रिय स्वार्थ भने छाड्न चाहँदैन । जस्तै हङकङ, ताइवान, साउथ चाइना सि । सायद चीन अमेरिकासँगको कोरोनाका कारण सिर्जित अविश्वासलाई विश्वासमा बदल्न भरमग्दुर कुटनीतिक प्रयास गरिरहेको हुन सक्छ । चीनले यो प्रयास अमेरिकामा कोरोना फैलिना साथै सुरु गरेको थियो । तर अमेरिकाको एउटा तप्कामा चीनका कारण अमेरिकामा कोरोना फैलियो भन्ने कट्टर चीन विरोधी विचार प्रभावित हुन गयो । विषयवस्तुको तटस्थ छानविन गर्नुभन्दा ट्रम्पले त्यही विचार बोके । तर समय वितेपछि आँधी हुरीको धुलो थिग्रिन्छ । त्यस्तोबेला कुटनीति र विवेकको बढी भूमिका हुन्छ । राजनीतिमा व्यक्तिगत सम्बन्धले पनि काम गर्दछ । अगिल्लो चुनावताका कट्टर चीन विरोधी ट्रम्प कोरोना पूर्वको अवस्थासम्म आइपुग्दा चीनसँग सम्बन्ध सुध्रिसकेको थियो । अझ यो सम्बन्ध ट्रम्प र सिबीच व्यक्तिगत तहमा पनि सुमधुर थियो । चीनको विरोध गरिरहँदा पनि ट्रम्पले सिको कहिल्यै विरोध गरेनन् । बरु उनी बारबार मेरो सिसँग राम्रो सम्बन्ध छ तर चीनले किन हामीलाई भाइरसबारे जानकारी दिएन भनेर भन्थे उनी । पुटिन र ट्रम्पबीच सम्बन्धका बारेमा त अमेरिकाको राजनीतिमा हट केक नै बन्यो । रुसले नै ट्रम्पलाई जिताउन मद्दत गरेको आरोप छानवीन समेत भयो ।

व्यक्तिगत रूपमा चिनियाँ राष्ट्रपती सि र विदेन समकालिन उप–राष्ट्रपति भएकाले उनीहरू माझ व्यक्तिगत सम्बन्ध राम्रो भएको मानिन्छ । त्यसैले विदेनले जितेमा उनीहरूमाझ समझदारी बढाउन निश्चय नै सहज हुनेछ ।

तर डमोक्र्याटहरूका बारेमा चिनियाँ अर्काे बुझाइ पनि छ । चीन र अमेरिकाबीच रिपब्लिकनहरू सत्तामा हुँदा सम्बन्ध सहज भएको बताउँछन् । रिपब्लिकनहरूले ब्यापारको महत्वलाई बढी ध्यान दिने हुँदा कहीँ न कहीँ सहकार्यको बाटो निस्किन्छ भन्ने चिनियाँ बुझाइ छ । त्यसैले अमेरिकी राष्ट्रपति ट्रम्पसँग सम्बन्ध सुधार्ने प्रयासलाई चीनले छाड्ने छैन भने विदेनको जीतलाई नयाँ सिराबाट सम्बन्ध सुधार्न प्रयोग गर्न सक्छ ।

त्यसैले चीन–अमेरिका सम्बन्धका लागि दुवै नेताहरूलाई सचेतताका साथ हेरिरहेको देखिन्छ । अमेरिकी सत्तामा जो आए तापनि अमेरिका चीन सम्बन्ध नयाँ शितयुद्धमा प्रवेश गर्न सक्छ भन्ने कुरा चीनले बुझेको देखिन्छ । किनकी अमेरिकी चीन विरोधी शक्तिले दुवैलाई घेराबन्दी गर्न सक्दछ । यो परिस्थितिसँग जुझ्ने सामाथ्र्य निर्माण गर्नेबारे चीन बढी सचेत देखिन्छ । चीन अमेरिकी अनुमानभन्दा फरक ढङ्गले व्यापार युद्ध, कोरोना र भू–राजनीति तनाव तीनैलाई राम्ररी काबुमा राख्न सफल भएको छ ।

त्यसैले चीन–अमेरिका सम्बन्धका लागि दुवै नेताहरूलाई सचेतताका साथ हेरिरहेको देखिन्छ । अमेरिकी सत्तामा जो आए तापनि अमेरिका चीन सम्बन्ध नयाँ शितयुद्धमा प्रवेश गर्न सक्छ भन्ने कुरा चीनले बुझेको देखिन्छ । किनकी अमेरिकी चीन विरोधी शक्तिले दुवैलाई घेराबन्दी गर्न सक्दछ । यो परिस्थितिसँग जुझ्ने सामाथ्र्य निर्माण गर्नेबारे चीन बढी सचेत देखिन्छ । चीन अमेरिकी अनुमानभन्दा फरक ढङ्गले व्यापार युद्ध, कोरोना र भू–राजनीति तनाव तीनैलाई राम्ररी काबुमा राख्न सफल भएको छ । चीनलाई घेराबन्दी गर्ने र बाध्य पार्ने अमेरिकी नीतिगत निरन्तरतालाई आफ्नो सामथ्र्यका बलमा असफल प्रमाणित गराएर अमेरिकासँग सम्बन्ध सुधार्न सकिन्छ भन्ने सोंच चिनियाँ रणनीतिको अर्काे पाटो हुन सक्दछ ।

विश्वका अन्य शक्तिहरूमा बेलायत बाहेक युरोपले विदेनसँग बढी सहज मान्ने देखिन्छ । भारतले ट्रम्प प्रशासनसँग बढी आत्मियता महशुस गरेपनि विदेनको जितलाई सम्बन्धमा विकास गर्न लागि पर्नेछ । क्वाडका (Quad) अन्य देशहरूमा अमेरिकामा जो जित्दा पनि खासै तात्विक फरक नपर्ने देखिन्छ किनकी पिभोट एसिया या इन्डो प्यासिफिक रणनीति र दक्षिण चीन समुद्रमा बारेमा विदेनको नीति के हुनेछ अझै स्पष्ट भइसकेको छैन । उनी ओवामा र ट्रम्प प्रशासनभन्दा भिन्न भएर जालान् भनेर भन्न सकिँदैन । इरानका विषयमा युरोप अमेरिकाको विपक्षमा खडा भएकाले विदेनले ट्रम्प प्रशासनको नीतिलाई उल्टाउन सक्नेछन् ।

विदेनले बलियोसँग समाजवादी एजेण्डा र शान्तिपूर्व विश्व व्यवस्थाको वकालत गरे भने मात्र उनले आफ्नो अनुकुलता कायम राखिराख्न सक्नेछन् । अन्यथा, अगिल्लो चुनाव झैं अनपेक्षित ढङ्गले ट्रम्प चुनाव आफ्नो काबुमा लिई छाड्नेछन् । एडभेन्च्युरिस्ट ट्रम्प अमेरिकी पहिलो नामका रेडिकल नेस्नालिस्ट मुद्दाहरूलाई निरन्तरता दिनेछन् । उनी युद्धकै पक्षमा नहुन सक्छन् तर धकेलिन सक्छन् । किनकी उनका सिग्नलहरू मिश्रित र आपसमै विरोधाभासपूर्ण भएपनि अमेरिकी व्यापार र आर्थिक स्वार्थमा केन्द्रित छन् । त्यसैले चुनाव जितेर उनी कहीँ न कहीँ आफ्ना ऐजण्डा बचाउ गर्ने र अमेरिकालाई फाइदा हुनेगरी नयाँ सम्झौंताहरूको खोजी गर्न सक्दछन् ।

कोरोना कहरका बेला अमेरिकाको इतिहासमा यो एउटा रोचक चुनाव हुनेछ । जो विदेनका लागि परिस्थितिले प्रदान गरेको अनुकुलता छ । डोनाल्ड ट्रम्प कोरोना महामारीका कारण सिर्जित प्रतिकुलतालाई जुनसुकै तवरले पनि अनुकुलतामा बदल्न चाहन्छन् । यो पटकको चुनावमा अमेरिकी वर्चस्व र पपुलिज्मको नाराले प्रधानता पाउने निश्चित छ । ट्रम्पले यसको नेतृत्व गर्नेछन् । तर ट्रम्पले चुनाव अगावै आफ्नो जीत सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभाव पार्ने रुस र चीनलाई समेट्ने कुनै सकारात्मक कदम उठाएर विदेनको चुनावी मुद्दा आफुले खोस्न प्रयत्न पनि गर्न सक्दछन् । भियतनाम युद्धपछिको जस्तो विश्व शान्तिका लागि युद्ध विरोधी र सिभिल राइट मोभमेन्टका नाराहरू तथा नयाँ विश्व व्यवस्थाको आवश्यकताबारे यो चुनावमा कति छलफल होलान् भन्न सकिँदैन । सायद विदेन छलफललाई त्यो तहमा पुर्याउन चाहन्छन् या चाहदैनन् । यदि उनले कोरोना महामारी, बेरोजगारी, रङ्गभेद र वातावरण परिवर्तनका मुद्दालाई घनिभूत रूपमा जनताका बीचमा पुर्याउन सकेभने मात्र हालसम्म देखिएको अग्रतालाई जोगाउँदैे जित हात पार्न सक्नेछन् ।

विदेनले बलियोसँग समाजवादी एजेण्डा र शान्तिपूर्व विश्व व्यवस्थाको वकालत गरे भने मात्र उनले आफ्नो अनुकुलता कायम राखिराख्न सक्नेछन् । अन्यथा, अगिल्लो चुनाव झैं अनपेक्षित ढङ्गले ट्रम्प चुनाव आफ्नो काबुमा लिई छाड्नेछन् । एडभेन्च्युरिस्ट ट्रम्प अमेरिका पहिलो नामका रेडिकल नेस्नालिस्ट मुद्दाहरूलाई निरन्तरता दिनेछन् । उनी युद्धकै पक्षमा नहुन सक्छन् तर धकेलिन सक्छन् । किनकी अमेरिकालाई हरेक पाँच वर्षको बीचमा एउटा युद्ध आवश्यक परिरहन्छ । तर चीन या रुससँग उनीहरूको फ्रन्टजाेनमा युद्ध लड्नु अमेरिकी अधोगतिको कारण बन्न सक्दछ । यो कुरा अमेरिकी राष्ट्रपतिले राम्ररी बुझेका छन् । किनकी उनका सिग्नलहरू मिश्रित र आपसमै विरोधाभासपूर्ण भएपनि अमेरिकी व्यापार र आर्थिक स्वार्थमा बढी केन्द्रित छन् । त्यसैले चुनाव जितेर उनी कहीँ न कहीँ उनी आफ्ना ऐजण्डा बचाउ गर्ने र अमेरिकालाई फाइदा हुनेगरी नयाँ सम्झौंताहरूको खोजी गर्न सक्दछन् ।

(लेखक शाही विश्व प्रजातान्त्रिक युवा संघका पूर्व उपाध्यक्ष एवम् हाल कर्णाली प्रदेश योजना आयोगका सदस्य हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको