२४ जेष्ठ २०८०, बुधबार

जनताले भोगेका दुःखहरू महशुस गरेर दुर्गम ठाउँहरू मेरो रोजाईमा परे : डा. रविन खड्का



विगत लामो समयदेखि कर्णालीलगायत दुर्गम क्षेत्रमा सेवा गर्दै आउनु भएका जन चिकित्सकका रूपमा परिचित कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्कासँग स्वास्थ्यसम्बन्धी विविध पाटामा रारापाटी डटकमका अध्यक्ष मोहन शाहीले गरेको विशेष अन्तवार्ता :

यहाँमा डाक्टर नै बन्ने चाहना र सपना कसरी जागृत भयो ? के कुराले उत्प्रेरित हुनुभयो ?

मेरो जन्म जिल्ला दैलेख त्यसबेला अति दुर्गम क्षेत्रमा पर्दथ्र्यो । विशेषतः २–३ वटा घटनाले गर्दा मलाई डाक्टर पढ्न प्रेरित गर्यो । पहिलो साढे २ वर्षको हुँदा म आफै बिरामी भएँ तर उपयुक्त उपचार पाउन सकिएन र पिँडीत भए । दोस्रो कुरा ७–८ कक्षामा पढ्दा दैलेख जिल्लाकै छडुङ भन्ने ठाउँमा साथीको घरमा गएको थिएँ । साथीको आमा सुत्केरी हुँदा अत्याधिक रगतश्राव भएर हाम्रै आँखा अगाडि बित्नुभयो । जवकी सानो अक्सिटोसिन भन्ने सुई दिन सकेको भए बचाउन सकिन्थ्यो । त्यसले साह्रै पिँडा गरायो । आफ्नै अगाडि मानिसको मृत्यू भएको पनि जीवनमा पहिलो पटक देखेको थिएँ । पछि काठमाडौँमा पढ्दै गर्दा माहौंल बुझ्दा दुर्गम क्षेत्रमा सामान्य उपचार नपाएर मानिसहरूले ज्यान गुमाउनु पर्ने पिँडाले गर्दा डाक्टर बनेर सेवा गर्ने भावना पैदा भयो ।

धेरै जसो डाक्टरहरू सुख सुविधा हुने ठाउँ रोज्नु हुन्छ तर तपाईँको रोजाईँमा दुर्गम र पछाडि परेका ठाउँहरू नै पर्दछन्, किन होला ?

अलि अगाडिसम्म हामी कहाँ निकै नै कम चिकित्सकहरू उत्पादन हुने अवस्था थियो । धेरैजसो डाक्टरहरूको चाहना कि सिधै अमेरिका ताक्ने हुन्थ्यो कि शहर केन्द्रीत हुने हुन्थ्यो । म अलि दुर्गम परिवेशमा जन्मिएँ, हुर्किएँ । त्यहाँका जनताले भोगेका दुःख र पिँडाहरू आफैले आत्मसात् गर्दै महशुस गर्दै गर्दा उहाँहरूलाई सामान्य सुविधा दिन सकियो भने पनि त्यसबाट धेरै ठुलो राहत हुन्छ भन्ने सोचेर दुर्गम ठाउँहरू मेरो रोजाईमा परे । दुर्गम क्षेत्रमा काम गर्ने सिलसिलामा आफूले सामान्य आफ्नो जिम्मेवारी पुरा गर्दा पनि त्यहाँका जनताले दिने माया, स्नेह र उहाँहरूले अनुभुती गरेको खुशीले गर्दा दुर्गम क्षेत्रमा सेवा गर्न झनै प्रेरित गर्यो । मेरो जागिरको १५ वर्षको अवधीमा पढाइको र छिटफुट बाहेक सम्पूर्ण सेवा अवधी दुर्गम ठाउँहरूमा बिताएको छु ।

यहाँ कर्णाली स्वास्थ्य सेवा निर्देशनालयको नेतृत्व गरेर बसिरहँदा कर्णालीको समग्र स्वास्थ्य अवस्थालाई कसरी हेरिरहनु भएको छ ?

५ विकास क्षेत्रमा हाम्रो मध्यपश्चिमाञ्चल विकास क्षेत्रको स्वाथ्य विकास सूचकांकको अवस्था कमजोर नै थियो । देश संघियतामा जाँदै गर्दा अलि विकसित मानिएका जिल्लाहरू दाङ, बाँके र बर्दिया छुट्याइ दिएर १० वटा जिल्ला समेटी कर्णाली प्रदेश बनाउँदा स्वास्थ्य अवस्था अँझै साँघुरिने अवस्था आइपर्यो ।

कर्णाली प्रदेशको स्वास्थ्य अवस्था हेर्ने हो भने संघियता आउनुभन्दा पहिले मध्यपश्चिमाञ्चल विकास क्षेत्र थियो । त्यसबेला पनि ५ विकास क्षेत्रमा हाम्रो मध्यपश्चिमाञ्चल विकास क्षेत्रको स्वाथ्य विकास सूचकांकको अवस्था कमजोर नै थियो । देश संघियतामा जाँदै गर्दा अलि विकसित मानिएका जिल्लाहरू दाङ, बाँके र बर्दिया छुट्याइ दिएर १० वटा जिल्ला समेटी कर्णाली प्रदेश बनाउँदा स्वास्थ्य अवस्था अँझै साँघुरिने अवस्था आइपर्यो । कर्णाली प्रदेशको अहिलेको स्वास्थ्य अवस्थाको सूचकांक हेर्ने हो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अलि पछाडि परेको छ । विशेष गरी पोषणको क्षेत्र, आमा तथा नवजात स्वास्थ्य र बाल स्वास्थ्यको क्षेत्रमा पछाडि परेको छ । समग्रमा अझ पनि हामीले गर्नुपर्ने थुप्रै कामहरू बाँकी छन् ।

कर्णाली प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्न यहाँले के–कस्ता योजना बनाउनु भएको छ ?

मैले बारम्बार उठाउदै आएको कुरा भनेको हामीले ४० वर्ष नाघेका सबै नागरिकहरूको वर्षको एकपटक न्यूनतम जाँचहरू निःशुल्क गराइ दिऊ । जसरी हामीले सवारी साधनको निश्चित अवधि चले पछि सर्भिसिङ गर्छौ त्यसरी नै मानव शरीरको पनि सर्भिसिङ गराइ दिऊँ। यसो गर्न सकियो भने उमेर ढल्केसँगै देखिने धेरै रोगहरूको बेलैमा निदान भइ उपचार पनि हुन्थ्यो ।

योजनाको कुरा गर्दा हामीले पहिले चुनौतीहरूको बारेमा जानकार हुनुपर्छ । हामी कहाँ विद्यमान चुनौतीहरू के–के छन् त्यसलाई केलाउनु पर्ने हुन्छ । सबैभन्दा मुख्य चुनौती भनेको सेवा प्रदान गर्ने सेवा प्रदायकहरू भूमिकाको कुरा आउँछ । हामी कहाँ दक्ष जनशक्ति कम भएको र भएका पनि सिमित सुविधा सम्पन्न ठाउँहरूमा केन्द्रित भएको अवस्थामा हामीले जनशक्तिमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । विज्ञ जनशक्ति र त्यसको समान वितरण पहिलो आवश्यकता हो । दोस्रो हामीले सेवाग्राहीहरूको चुनौतीहरूलाई पनि केलाउनु पर्दछ । जस्तो हाम्रो गाउँमा रुढिवादी, अन्धविश्वास, अशिक्षा अनि गरिवी बढि रहेको छ, जसका लागि स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू गर्नु आवश्यक रहन्छ । अर्को महत्वपूर्ण पाटो भनेको भौतिक पूर्वाधार, औजार, उपकरण, औषधीहरूको पर्याप्तता हो । स्वास्थ्य क्षेत्र अन्तरसम्बन्धित विषय भएकाले धेरै क्षेत्रको प्रभाव स्वास्थ्य क्षेत्रमा देखा पर्दछ । जस्तैः शिक्षा, खानेपानी, सरसफाई, जनचेतनालगायत थुप्रै विषयको प्रभाव स्वास्थ्य क्षेत्रमा रहेको हुन्छ । धैरै विषयको प्रभाव स्वास्थ्य क्षेत्रमा झल्किने हुनाले यो बहुपक्षिय सम्बन्धलाई ख्याल गरेर अगाडि बढ्नु पर्ने हुन्छ ।

आगामी दिनको कार्यदिशाका सन्दर्भमा हामीले कुन जिल्ला र स्थानीय तहमा कस्तो जनशक्ति चाहिने भन्ने कुराको म्यापिङ गरेका छौं र त्यस बमोजिम पदपूर्तिको प्रक्रिया अगाडि बढेको छ । हाम्रो प्रदेशमा लोक सेवा आयोग भर्खरै मात्र गठन भएको छ । प्रदेश स्तरको लोक सेवा आयोगबाट कर्मचारी लिन समय लाग्ने भएकाले अहिले स्थानीय तह र प्रदेश सरकारबाट पनि केहि कर्मचारीहरू भर्ना गर्न लागेको अवस्था छ । हामीले विशेष गरी विशेषज्ञ चिकित्सक भर्ना लिनु पर्दछ भन्ने कुरा उठाएका छौं । जुन सामाजिक विकास मन्त्रालयबाट लिइएको पनि छ । दोस्रो अहिले कोभिडले गर्दा स्वास्थ्य क्षेत्रमा अलि सम्भावनाको ढोका खुलेको छ । स्वास्थ्यमा उल्लेख्य रकम छुट्याइएको छ । कोरोना महामारीका बीचमा थुप्रै औषधी, औजार र उपकरणहरू थपिएका छन् । जिल्ला तहसम्म आई.सि.यु., भेन्टिलेटर थपिएका छन् । यसलाई सकारात्मक रूपमा लिनु पर्दछ । अँझै पनि हामीले ७९ वटा स्थानीय तहमा न्युनतम आधारभूत औजार, उपकरण, औषधी पुर्याउने गरी लागिरहेका छौं । तेस्रो भनेको जनचेतनाका कार्यक्रमहरू अगाडि बढाई कर्णाली प्रदेशका सर्वसाधारण जनतालाई स्वास्थ्यसम्बन्धी सुसुचित पार्ने योजना रहेको छ । अर्को भनेको मैले प्रदेश सरकार र मन्त्रीज्यूसँग पनि बारम्बार उठाउदै आएको कुरा भनेको हामीले ४० वर्ष नाघेका सबै नागरिकहरूको वर्षको एकपटक न्यूनतम जाँचहरू निःशुल्क गराइ दिऊ । जसरी हामीले सवारी साधनको निश्चित अवधि चले पछि सर्भिसिङ गर्छौ त्यसरी नै मानव शरीरको पनि सर्भिसिङ गराइ दिऊँ । यसो गर्न सकियो भने उमेर ढल्केसँगै देखिने धेरै रोगहरूको बेलैमा निदान भइ उपचार पनि हुन्थ्यो ।

कर्णाली प्रदेशमा कोरोना महामारीको प्रभाव कस्तो रहेको छ ? कोरोनाको भ्याक्सिन लगाउने काम कसरी अगि बढिरहेको छ ?

हामी विगत १४ महिनादेखि कोरोना महामारी विरुद्ध लडिरहेका छौं । कोरोना महामारीका कारण विश्व नै आक्रान्त भएको छ । कर्णाली प्रदेशको अवस्थालाई देशका अन्य प्रदेशसँग तुलना गर्ने हो भने संक्रमित दर र मृत्यू दर पनि थोरै रहेको छ । मृत्यू दर झण्डै ०.४ प्रतिशत मात्र रहेको थियो भने पछिल्लो अवधीमा यसको प्रभाव शुन्य प्रायः छ । कर्णाली प्रदेश सरकारले कोरोना विशेष बजेट छुट्टाएर यससम्बन्धी योजना बनाएको छ । कोरोनाको सुरुवाती चरणमै प्रदेश सरकारले जनसङ्ख्या, भूगोल, जोखिमलाई मध्यनजर गरेर २७ वटा रणनैतिक स्थल घोषणा गरी त्यहाँ चिकित्सक सहितको टोली परिचालन भएको थियो । अहिले तिनै २७ वटा क्षेत्रलाई सुदृढिकरण गर्नु पर्दछ भनेर उल्लेख्य बजेट छुट्याइएको अवस्था छ ।

खासमा अहिले कोरोनाको प्रभाव कम नै छ, भलै यसको जोखिम चाहिँ अँझै घटिसकेको छैन् ।
हामीले माघको १४ गतेबाट देशव्यापी रूपमा सञ्चालित पहिलो चरणको कोभिड भ्याक्सिन लगाउने अभियान अन्तर्गत अति जोखिममा रहेका फ्रन्ट लाइनका काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, महिला स्वास्थ्य स्वयम्सेविकाहरू केन्द्रित गरेर लगाउने काम गर्यौं । पहिलो चरणमा हामीले लक्षित वर्गका ८२ प्रतिशत जनसङ्ख्यालाई समेट्न सफल भई समग्र देशभरीमा तेस्रो स्थानमा आयौं । अहिले पहिलो चरणको दोस्रो वर्ग अन्तर्गत हामीले झण्डै ७१ प्रतिशतको हाराहारीमा लक्षित वर्गको जनसङ्ख्यालाई भ्याक्सिन लगाउने काम गरेका छौं । अब हामी फागुन महिनाको २३ गतेबाट तेस्रो चरणको भ्याक्सिन लगाउने अभियानको सुरुवात गर्दैछौं । यसमा हामीले ६५ वर्षभन्दा माथिका सबैमा र भ्याक्सिन पुग्ने अवस्था भए शिक्षक, प्राध्यापकहरूलाई समेत लगाउने योजना बनाएका छौं ।

कोरोनाको भ्याक्सिनका सम्बन्धमा पनि मानिसहरूमा केहि दुविधा रहेको पाइन्छ, यसका विषयमा जनताले बुझ्ने गरी केहि बताइदिनुहोस् न ?

भ्याक्सिन धेरै लामो अध्ययन अनुसन्धान भई ३ चरणमा क्लिनिकल ट्रायल सफल भएपछि मात्र आएको हुन्छ । त्यसपछि मात्र खोप लगाउनका लागि अनुमति दिइएको हुन्छ । सुरुवाती चरणमा भ्याक्सिनका सन्दर्भमा ठुलो र्युमर फैलियो जसका कारण भ्याक्सिन लगाउन मानिसहरू हच्किए । त्यसैकारण पनि कर्णाली प्रदेशमा सबैभन्दा पहिलो भ्याक्सिन मैले नै लगाएँ । म सर्वसाधारण जनतालाई के भन्न चाहन्छु भने यो भ्याक्सिन सुरक्षित छ । यस भ्याक्सिनले कसै कसैलाई सामान्य असर जस्तोः टाउको दुख्ने, चक्कर लाग्ने ज्वरो आउने, वाकवाकी लाग्ने, जिउ दुख्ने आदि देखा पर्न सक्छ । यी भनेका भ्याक्सिनले शरिरमा काम गर्दाखेरी देखिने सामान्य प्रतिअसर हुन् । त्यसकारण भ्याक्सिनको सामान्य प्रतिक्रियाबाट नडराएर यसबाट हुने फाइदालाई हेर्नु पर्दछ ।

कोरोना भ्याक्सिन सुरुमा आउँदा यसको बारेमा धेरै हल्लाखल्ला भयो । नेपालमा भ्याक्सिन ट्रायलका लागि ल्याइएको भन्ने हल्ला चलाइयो । तर यो भ्याक्सिन धेरै लामो अध्ययन अनुसन्धान भई ३ चरणमा क्लिनिकल ट्रायल सफल भएपछि मात्र आएको हुन्छ । त्यसपछि मात्र खोप लगाउनका लागि अनुमति दिइएको हुन्छ । त्यसमाथि अहिले लगाइरहेको भ्याक्सिन भनेको अक्र्सफोर्ड विश्वविद्यालयको एस्ट्राजेनिका भन्ने कम्पनीले भारतमा सेरोम इन्स्टीच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक भ्याक्सिन हो । यो चाहिँ उत्पादन प्रक्रिया, परिक्षण प्रक्रियालगायत सम्पूर्ण प्रक्रिया पुरा गरेर विश्व स्वास्थ्य संगठन र नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिएको र विश्वका धेरै देशहरूमा लगाइसकेको भ्याक्सिन हो । सुरुवाती चरणमा भ्याक्सिनका सन्दर्भमा ठुलो र्युमर फैलियो जसका कारण भ्याक्सिन लगाउन मानिसहरू हच्किए । त्यसैकारण पनि कर्णाली प्रदेशमा सबैभन्दा पहिलो भ्याक्सिन मैले नै लगाएँ । म सर्वसाधारण जनतालाई के भन्न चाहन्छु भने यो भ्याक्सिन सुरक्षित छ । यस भ्याक्सिनले कसै कसैलाई सामान्य असर जस्तोः टाउको दुख्ने, चक्कर लाग्ने ज्वरो आउने, वाकवाकी लाग्ने, जिउ दुख्ने आदि देखा पर्न सक्छ । यी भनेका भ्याक्सिनले शरिरमा काम गर्दाखेरी देखिने सामान्य प्रतिअसर हुन् । त्यसकारण भ्याक्सिनको सामान्य प्रतिक्रियाबाट नडराएर यसबाट हुने फाइदालाई हेर्नु पर्दछ । हामीले समग्र जनसङ्ख्याको ७० प्रतिशतले यो भ्याक्सिन लगायौं भने यसले समुदायलाई दिने हर्ड इम्युनिटीले पहिलो कुरा त कोभिड लाग्न कम गर्दछ । यदि कोभिड लागि नै हाल्यो भने पनि यसबाट हुने जोखिम र गम्भिरताबाट बचाउने हुनाले यो अत्यन्त फाइदाजनक छ । अहिले पनि संसारका १२० भन्दा बढि देशका नागरिकले यो खोप लगाउने अवसर पाएका छैनन् । यस मानेमा हामी अत्यन्तै भाग्यवानी छौं किनकी हामीले समयमै र निःशुल्क रूपमा यो अवसर पाएका छौं । त्यसकारण सरकारले तोकेको लक्षित समूहमा पर्ने सबैलाई ढुक्क भएर यो खोप लगाउन हुन म अनुरोध गर्दछु ।

हाम्रो देशलाई संविधानमै समाजवाद उन्मुख राज्य भनिएको छ, तपाईंको विचारमा स्वास्थ्य क्षेत्रमा राज्यको दायित्व के हुनु पर्दछ भन्ने लाग्छ ?

नेपालको संविधान–२०७२ को धारा ३५ को उपधारा १ देखि ४ सम्म स्वास्थ्यलाई मौलिक हकमा रूपमा प्रष्ट उल्लेख गरिएको छ । यस सँगसँगै हामीले जनस्वास्थ्य ऐनमा पनि यसलाई उल्लेख गरेका छौं । त्यस्तै स्वास्थ्यसँग सम्बन्धित निःशुल्क खोप लगाउने अधिकारका विषयमा खोप ऐन पनि आइसकेको छ । आमाको सम्पूर्ण प्रजनन अधिकार र प्रक्रियासँग सम्बन्धित रहेर प्रजनन स्वास्थ्य ऐन ल्याएका छौं । यी सबै नीति तथा दस्तावेजहरू हेर्दाखेरी तपाईंले भनेजस्तै समाजवाद उन्मुख स्वास्थ्य नीति हामीले अवलम्वन गरेका छौं । यति हुँदाहुँदै पनि हामीले चाहिँ अघि मैले भने जस्तै विभिन्न चुनौती र व्यवधानहरू रहेका छन् । पर्याप्त दक्ष जनशक्तिको अभाव, भौतिक पूर्वाधार जिर्ण भएको, साधन स्रोतको अभाव, औषधीको अपर्याप्तता, भएका स्वास्थ्यकर्मीहरूलाई पनि तालिमको अभाव भएको सन्दर्भमा यी नीतिगत रूपमा व्यवस्था भएका वा संविधान प्रदत्त अधिकारका रूपमा नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको यथार्थ हो ।

यहाँले विशेष किसिमका डाइगोनोसिस् केन्द्रहरू स्थापना गर्ने सोंच राख्नु भएको थियो नि ! त्यस सम्बन्धमा के कस्ता कामहरू भए ?

मैले २ वटा कुरामा सधै जोड दिदै आएको छु । पहिलो हामीले अल्ट्रासाउण्ड मेसिन सम्भव भएसम्म प्रत्येक वडासम्म र नभए कम्तीमा स्थानीय तहसम्म पुर्याई स्टाफ नर्सलाई तालिम दिएर आमाको पेटमा रहेको बच्चाको अवस्था पत्ता लगाई त्यसबाट मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ । अर्को मैले बारम्बार भन्दै आइरहेको छु कि प्रदेश स्तरमा एकिकृत रोग निदानात्मक केन्द्र अर्थात् डाइगोनोसिस् सेन्टर बनाउने भन्ने योजना रहेको छ । त्यसमा साधारण सादा एक्सरेदेखि लिएर सिटिस्क्यान, एमआरआई, पेटस्क्यानलगायत विशिष्टिकृत सम्पूर्ण सेवाहरूका साथै ल्यावका सेवाहरू एउटै छानामुनी उपलब्ध गराउन सकिन्छ ।

म चिकित्सक भइसके पछि झण्डै ८–९ वर्ष विभिन्न जिल्लाहरूमा काम गरे । त्यसबेला मैले विभिन्न खाले समस्याहरू देखेको र भोगेको थिए । पछि मैले रेडियो डाइगोनोसिस् विषयमा विशेषज्ञता हासिल गरे । विरामी उपचारमा रोग निदानको महत्वपूर्ण हिस्सा रेडियो डाइगोनोसिस्ले गर्ने गर्दछ । एउटा दृष्टान्त दिन चाहन्छु । जस्तो एउटा सामान्य सुत्केरी महिलालाई समयमा नै भिडियो एक्सरे मात्र गराउन सकियो भने गर्भको बच्चा अनि सालनालको अवस्थाबारे थाह पाइ बेलैमा उपचार गर्न सकिन्छ । सम्भावित मातृ मृत्यूदर र नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ । अर्को कुरा न्यूनतम रूपमा एक्सरे, अल्ट्रासाउण्ड जस्ता रोग निदानका साधनहरू स्थानीय तहसम्म पुर्याउन सकियो भने धेरै रोग पत्ता लगाई त्यसको निदान र उपचार गर्न सम्भव हुन्छ । त्यसकै लागि मानिसहरू थुप्रै पैसा र समय खर्चेर ठुला ठुला शहर धाउनु पर्ने बाध्यताबाट मुक्त हुन सक्छन् ।

त्यसकारण मैले २ वटा कुरामा सधै जोड दिदै आएको छु । पहिलो हामीले अल्ट्रासाउण्ड मेसिन सम्भव भएसम्म प्रत्येक वडासम्म र नभए कम्तीमा स्थानीय तहसम्म पुर्याई स्टाफ नर्सलाई तालिम दिएर आमाको पेटमा रहेको बच्चाको अवस्था पत्ता लगाई त्यसबाट मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ । अर्को मैले बारम्बार भन्दै आइरहेको छु कि प्रदेश स्तरमा एकिकृत रोग निदानात्मक केन्द्र अर्थात् डाइगोनोसिस् सेन्टर बनाउने भन्ने योजना रहेको छ । त्यसमा साधारण सादा एक्सरेदेखि लिएर सिटिस्क्यान, एमआरआई, पेटस्क्यानलगायत विशिष्टिकृत सम्पूर्ण सेवाहरूका साथै ल्यावका सेवाहरू एउटै छानामुनी उपलब्ध गराउन सकिन्छ । यसोगरी सरकारी स्तरमा गुणस्तरिय डाइगोनोसिस् सेन्टर बनाउन सक्यौं भने त्यो देशकै लागि वा अन्तर्राष्ट्रिय स्तरमा पनि नमुना हुन्छ । हामीले हाम्रो प्रदेशबाट यो कामको सुरुवात गर्यौं भने सम्पूर्ण देशका लागि नौलो सिकाईँ हुन्छ भन्ने मलाई लाग्छ ।

यहाँले सयौं स्वास्थ्य शिविरहरूमा स्वयम्सेवक चिकित्सकका रूपमा ६५–६६ जिल्लामा गएर सेवा प्रदान गर्दै आउनु भएको छ, यस खालका काममा यहाँलाई के कुराले प्रेरित गर्दछ ?

चिकित्सा पेशामा आवद्ध भएपछि मैले सयौं स्वास्थ्य शिविरहरूमा भाग लिएँ । शिविरकै सिलसिलामा झण्डैं ६५–६६ वटा जिल्लामा पुगेको छु । मैले मेरो कामको सुरुवातदेखि नै दुर्गम ठाउँहरू रोजे । सुरुमा काम गर्दाखेरी रहर रहरमा पनि विभिन्न शिविरहरूमा सहभागी भइयो । शिविरहरूमा जाँदा कस्तो भेटियो भने हामीले गएर दिने सल्लाह, सुझाव र सामान्य औषधीले मात्र पनि धेरै स्वास्थ्य समस्याहरू निदान भई स्थानीयवासीलाई ठुलो राहत मिल्ने देखियो । त्यसकै लागि सर्वसाधारणले ठुलो धनराशी खर्च गरेको ठुला शहरहरू आउने बाध्यतामा कमि आउने देखियो । आफ्नो सानो प्रयासले धेरै ठुलो सङ्ख्यामा जनताले सेवा पाएको देखेर म सुरुवातदेखि नै स्वयम्सेवी रूपमा नै शिविरहरू जाने गर्दथे । पछि विशेषज्ञता हासिल गरेपछि पनि धेरै विशिष्टकृत शिविरहरू गरिरहेको छु । प्रायः शिविरहरूमा म स्वयम्सेवी रूपमा नै सहभागी भई सर्वसाधारण जनताले सेवा दिने काम गरिरहको हुन्छु । कहिलेकाहिँ कसैकसैले केहि पारिश्रमिक पनि दिनुहुन्छ तर मलाई शिविरमा गए वापत पैसा चाहिन्छ भन्ने मेरो माग हुँदैन् । त्यसले गर्दा मलाई आफूमा छुट्टै खालको आनन्द महशुस हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको