आज यी ठाउँमा बिजुली नआउने
फागुन २१, काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बालाजु वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र र बुढानीलकण्ठ उपवितरण केन्द्रअन्तर्गतका फिडरहरुमा मर्मतको काम गर्न लागेकाले विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
बालाजु–गोलढुङ्गा फिडर अन्तर्गत पर्ने शेषमती, गोलढुङ्गा, लोलाङ, चिसापानी, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रेदेउराली, जितपुर फेदिलगायतका क्षेत्रमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म बत्ती जाने छ ।
प्राधिकरणका अनुसार पासिकोट क्षेत्रमा बिजुलीका पोलहरु सार्नुपर्ने भएकाले शिवपुरी फिडरअन्तर्गतका डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पञ्चेटार, मेगासिटी, ढलमलटारलगायत क्षेत्रमा बिहान १० बजेदेखि ५ बजेसम्म बत्ती जानेछ।