२० श्रावण २०७८, बुधबार

सम्झना हत्या प्रकरण : शवको गन्ध आयो भनेर खबर गर्ने नै अभियुक्त



फागुन २१, गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाँउकी युवती हत्या अभियोगमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहोराको हत्या गरेको अभियोगमा प्रहरीले ४७ वर्षीय लालबहादुर खत्री पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

लालबहादुरले कर्तव्य गरेर सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । हत्याको कारणबारे प्रहरीले खुलाएको छैन ।

सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो ।

लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लालबहादुरले बेपत्ता भएकी सम्झनाको खोल तलास गर्ने कार्यमा पनि सक्रियता देखाएका थिए ।

पछि उनैले शवको गन्ध आएको भनेर प्रहरीलाई खबर गरेका थिए । घटनासँग धेरै क्रियाकलापमा लालबहादुरमाथि गरिएको अनुसन्धानबाट हत्या उनले नै गरेको निष्कर्षमा पुगेको डीएसपी पाण्डेको भनाइ छ ।

अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु