२ वर्षपछि आज सार्वजनिक हुँदै विप्लव
फागुन २१, काठमाडौं । दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रबार) सार्वजनिक हुँदै छन् ।
सरकारसँग भएको तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिने भएका हुन् ।
बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ। योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ।