१७ आश्विन २०८०, बुधबार

कञ्चनपुरमा प्रहरीको गोली लागेर लागुऔषध कारोबारीको मृत्यु



फागुन २०, काठमाडौं । कञ्चनपुरमा भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा नजिक नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी र भारतीय तस्करबीच मुडभेड हुँदा एक जना भारतीय तस्करको ज्यान समेत गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमर थापाका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले गोली प्रहार गरेका थिए । त्यसपछि प्रतिरक्षा गर्न नेपाली पक्षले पनि जवाफी गोली प्रहार गर्दा भारतीय तस्करको मृत्यु भएको हो ।

चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो । भारतीय तस्करको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार अन्य ३ जना तस्कर भने फरार भएका छन् । उनीहरुको साथबाट लागुऔषध र नक्कली नोट बनाउने कागजात पनि बराबर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापा नेतृत्वको टोली अहिले घटनास्थलतर्फ गएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको