६ आश्विन २०७८, बुधबार

प्रविण बेडवाल र एलिना चौहानको युगल गीत ‘फूल राम्रो’ सार्वजनिक (भिडियोसहित)



२० फागुन, काठमाडौं । पछिल्लो पुस्तामा निकै रूचाइएका गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा ‘फूल राम्रो’ बोलको युगल गीत सार्वजनिक भएको छ । आफ्नो मन युट्टुव च्यानलबाट बिहिबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कृष्ण के.सी.को शब्द तथा संगीत र सुनिल परियारको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय हेर्न सकिन्छ ।

अनिल के.सीको प्रस्तुतीमा ‘फूल राम्रो’ गीतको भिडियोलाई आफ्नो मन यट्युव च्यानलले निर्माण गरेको हो । गीत र भिडियोबारे दर्शक स्रोताको राम्रो प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ ।

बुद्ध थापाको छायाँकन र रुपेश खड्काको सम्पादन रहेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको