१६ श्रावण २०७८, शनिबार

ओली पक्षले पठायो प्रचण्ड–नेपाल पक्षलाई ‘म्यासेज’



फागुन २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललागयत सबै सांसदहरूलाई म्यासेज पठाएको छ।

नेकपाले संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई म्यासेज पठाउने गरेको छ । प्रधानमन्त्री ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदहरूलाई २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन म्यासेज पठाइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका देव गुरूङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाएका थिए । तर नेकपाको प्रचण्ड नेपाल पक्षले भने उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी र भट्टराईलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा दिएको छ।

भट्टराईलाई ओलीले प्रमुख सचेतकको जिम्मेवारी दिए पनि सभामुख अग्नि सापकोटाले अहिलेसम्म भट्टराईलाई भेट्न समय दिएका छैनन् ।

‘मैले सभामुखलाई भेट्ने अवसर पाएको छैन। सायद उहाँको समय नमिलेर होला’ भट्टराईले भने।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु