१७ श्रावण २०७८, आईतवार

नेता विप्लव काठमाडौं आउँदै



२० फागुन, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) गाडीबाट काठमाडौं आउँदै गरेको एक नेताले बताएका छन् ।

उनी काठमाडौं बाहिर भएकाले शुक्रबार हुने कार्यक्रमको सम्बोधनका लागि ल्याउन सरकारले हेलिकोप्टर स्टान्डबाई राखेको थियो । तर विप्लवले हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं आउँदै गरेको ती नेताले जानकारी दिए ।

हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव काठमाडौं आउँदै गरेको केन्द्रीय सदस्यसमेत रहेका ती नेताले जानकारी दिए ।

उनी राति अबेरसम्म काठमाडौं आइपुग्ने उनले जानकारी दिए । विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमतिअनुसार शुक्रबार प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा सम्बोधनका लागि उपस्थित हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु