बिहिबार ११११ मा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ३७७ थपिए
११ भाद्र, काठमाडौं । गएको २४ घण्टमा मुलुकभर १ हजार १ सय ११ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उक्त संख्यामा संक्रमित थपिएको बताए ।
त्यस्तै आजै मात्र काठमाडौं उपत्यकामा ३ सय ७७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा संक्रमण भेटिएको प्रवक्ता गौतमले बताए ।
आज थपिएकासहित मुलुकभर कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ५ सय ६९ जन संक्रमित कोरोनालाई जीतेर घर फर्किएका छन् ।
आज मात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर परिक्षण गरिएको प्रवक्ता गौतमले बताए । हालसम्म ६ लाख ४७ हजार ८ सय ८९ जनाको पिसिआर परिक्षण गरिएको छ ।