५ आश्विन २०७८, मंगलवार

पोखरेलसँगको छलफलपछि भुषालले भने : ‘राजनीतिमा असम्भव भन्ने कुरा छैन’ !



२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले गत पुष ५ मा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रूपमा विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्व कृषिमन्त्री तथा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुषालबीच बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने ओली सरकारको निर्णय उल्ट्यादिएपछि नयाँ सरकार बनाउन ठुलो रस्साकस्सी चलिरहेका बेला नेता पोखरेल र भुषालबीच पार्टी एकताका सन्दर्भमा छलफल भएको हो । दुई नेताबीच झन्डै ४५ मिनेट कुराकानी भएको भएको बताइएको छ ।

पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना शुरूदेखि नै पार्टी एकताका पक्षमा रहेको र बेलाबेलामा कुराकानी गरिरहेको बताए ।

पार्टी एकता गरेर अगाडिको राजनीतिक यात्रा तय गर्नुपर्छ भन्ने सन्दर्भमा आफुहरू दुबैमा एकमत रहेको बताउदै भुषालले भने, ‘मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं । यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो । आजको छलफल त्यसैको श्रृंखला हो,’ भुषालले राजनीतिमा असम्भव भन्ने कुरा नभएको सन्दर्भ जोड्दै पार्टी एकता हुनसक्ने संकेत पनि दिएका छन् ।

निर्वाचन आयोगले विभाजित नेकपाको कुन पक्षलाई आधिकारिकता देला भन्ने ठुलो उत्सुकताको विषय बनीरहेका बेला दुबै पक्षका प्रभावशाली नेताबीचको छलफलले एकताको सम्भावना पनि देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको