१५ श्रावण २०७८, शुक्रबार

नेकपा संसदीय दलको नेता परिवर्तन गर्दै प्रचण्ड-नेपाल समूह



१९ फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक सकिएको छ । आज (बुधबार) पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी कमिटी बैठकले संसदीइ दलको नेता परिवर्तन गर्ने एजेण्डा पारित गरेको हो ।

स्थायी कमिटीले पारीत गरेको दलको नेता परिवर्तन गर्ने एजेण्डालाई केहिबेरमा बस्ने केन्द्रीय कमिटी बैठकमा लेगिने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई मान्यता नदिएपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो ।

केहीबेरपछि नेकपा पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्दैछ । सोमबार बसेको नेकपा सचिवालय बैठकले नागरिकता र पार्टीको परिचयपत्रसहित केन्द्रीय बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यलाई सर्कुलर जारी गरेको थियो ।

केन्द्रीय कमिटीमा छलफलपछि दलको नेता परिवर्तन गर्ने एजेण्डलाई स्थायी कमिटीले अनुमोदन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु