सुन्दरी बडी विल्डर रिची : जोसँग १ घण्टा जिम सिक्न ३ हजार तिर्नुपर्छ !
१९ फागुन, काठमाडौं । रिची साह प्रसिद्ध भारतीय जिम प्रशिक्षक हुन् । उनको शरिरको बनावट कुनै कालिगडले धेरै मेहनत गरेर बनाएको आकृति जस्तो देखिन्छ । मोडलिङ क्षेत्रमा पनि सक्रिय रिची मुम्बइमा बस्छिन् ।
आकर्षक जिउडालका कारण सामाजिक सञ्जाल इन्स्टाग्राममा उनलाई लाखौँले पछ्याएका छन् । उनी बेलाबेलामा इन्स्टाग्राममा विभिन्न पोजमा आकर्षक तस्बिरहरू सार्वजनिक गरिरहन्छिन् ।
सन १९९१ सालमा जन्मिएकी रिची साह काजल अहिले २८ वर्षकी भइन् । ५ फिट ८ इन्च उचाइकी रिचीले आउदा दिनमा चलचित्रमा पनि देखिन सक्ने बताएकी छिन् । भारतीय चलचित्र क्षेत्रकै अभिनेत्रिहरूलाई हेर्ने हो भने पनि रिचीको जस्तो आकर्षक जिउडाल निकै कम अभिनेत्रिहरूको मात्रै छ ।
उनले १ घण्टा जिम प्रशिक्षण गराएको शुल्क २ हजार भारतीय रूपैयाँ लिन्छिन् । अर्को रोचक कुरा के छ भने उनी केटीहरूलाई मात्रै जिम प्रशिक्षण गराउछिन् । यसकारण पनि लाखौँ युवाहरू उनीसँग जिम सिक्न मरिहत्ते गर्छन् ।