३० आश्विन २०७८, शनिबार

आजदेखि पुन भारी वर्षा हुनेः पश्चिम नेपालमा झन् जोखिम



१२ साउन, काठामाडौं । आज साँझदेखि ४ दिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराइ भूभागको नजिक रहेकोले भारी वर्षा हुने सम्भावना बढेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाले नेपालको प्रदेश ५, कर्णाली र सुदुर पश्चिममा बढी प्रभाव पार्नुका साथै पूर्वी क्षेत्रका निश्चित स्थानमा सघन वर्षा हुने अनुमान गरेको छ । निश्चित स्थानमा भारी वर्षा हुने सम्भावनाका कारण यसले नदी तटीय क्षेत्रमा बाढीको खतरा बढी हुन सक्ने छ । यस्तो वर्षाबाट मुख्य नदी प्रणाली बाहेक चुरे क्षेत्रका अस्थायी नदी र खोलानालामा पानीको आकस्मिक वहाव आइ धनजनको क्षेती हुन सक्दछ ।

बाढी पहिरोको जोखिम रहेकोले सुरक्षित रहन र जोखिमयुक्त क्षेत्रमा नबस्न राष्टिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले विपद्बाट सम्भावित क्षती रोक्न सबै जिल्लामा परिपत्र गरी सुरक्षा तयारी र राहत बन्दोवस्त गर्न समेत निर्देश गरेको छ ।

मनसुन सुरू भएयता हालसम्म बाढी पहिरोका कारण १२८ जनाको मृत्यु भएको र ६१ जना वेपत्ता रहेको सरकारी तथ्याङ्कले जनाएको छ ।
मौसमविदहरूले यो वर्ष मौसम सुरु हुनु अगाबै भएको वर्षातले जमिन गल्न पुगेको र मनसुन पश्चात आएको भारी वर्षाका कारण धेरै ठाउँमा बाढी पहिरो गएको विश्लेषण गरेका छन् । त्यसमाथि २०१५ सालको भूकम्पका कारण जमिन चिरिएर कमजोर भएका कारण वर्षात् पछि पनि पहिरो सजिलै गएको देखिन्छ ।
मौसम पूर्वानुमान सम्बन्धी जानकारी लिन ४११३१९१मा सम्पर्क गर्न र बाढीका लागि ११५५ मा सम्पर्क गर्न नेपाल सरकारले सूचना सम्पे्रषित गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको