६ आश्विन २०८०, शनिबार

नेकपामा यी पक्षका सांसदको पद धरापमा



फागुन १९, काठमाडाैं । केन्द्रीय समितिलाई मात्रै आधार मानेर नेकपा विवादको छिनोफानो गरिए अल्पमत पक्षमा लागेका संघीय सांसद, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित हुने सयौं पदाधिकारी पदमुक्त हुने खबर बढेको छ ।

केन्द्रीय समितिमा बहुमत पुर्याउने पक्षले पार्टीको आधिकारिकता पाउने र अर्को पक्षले त्यसलाई स्वीकार नगरेर नयाँ दल खोलेको अवस्थामा त्यता लाग्नेहरुको पद धरापमा कान्तिपुर दैनिकले खबर छापेको छ ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड पक्षबीच पुस ५ यता चर्किएको विवादले पार्टी विभाजनको रुप लिइसकेको छ । तर त्यस फुटलाई वैधानिकता दिन निर्वाचन आयोगले गरेको ढिलाइका पछाडि तीनै तहका ठूलो संख्याका पदाधिकारी पदमुक्त हुने कारण पनि मानिएको छ ।

प्रचण्ड–नेपाल पक्षले केन्द्रीय समितिमा गरेको बहुमतको दावी सही ठहरिए ओली पक्षीय संघीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीसम्मको पद धरापमा पर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको