२० जेष्ठ २०८०, शनिबार

प्रचण्ड–नेपाल पक्षले आज नागरिकतासहित केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलायो



फागुन १९, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्यहरूलाई नागरिकता र पार्टीको परिचयपत्रसहित पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

नेकपाले आज (बुधबार) दिउँसो १ बजे पेरिसडाँडा (केन्द्रीय कार्यालय) मा अनिवार्य उपस्थित हुन भनेको हो। यसअघि पनि यही फागुन ७ गते उसले आफ्ना सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पेरिसडाँडामा भेला गराएको थियो।

त्यसदिन केहीबेर अनौपचारिक बैठक बसेर सबै केन्द्रीय सदस्यलाई केही दिन काठमाडौं नछाड्न निर्देशन दिइएको थियो। त्यसको ११ दिनपछि नेकपाले फेरि आफ्ना केन्द्रीय सदस्यलाई पार्टीको परिचयत्र र नागरिकतासहित आज केन्द्रीय कार्यालयमा बोलाएको हो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको