२० जेष्ठ २०८०, शनिबार

गुल्मीमा महिलापछि पुरुषको शव जंगलमा भेटियो



फागुन १९, तम्घास । गुल्मीको मदाने संरक्षित वन क्षेत्रमा एक जना पुरुष मृत फेला परेका छन् । मालिका गाउँपालिका –३ ह्वाङदी दमार्नेको जंगल क्षेत्रमा शव फेला परेको वडाध्यक्ष राजकुमार बिकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयका अनुसार शव सडेको अवस्थामा भएकाले पहिचान खुलेको छैन ।

जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए । केही दिनअघि गुल्मीको रेसुंगा नगरपालिका–३ मा एक महिलाको शव बोराभित्र राखिएको अवस्थामा भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको