१ बैशाख २०७८, बुधबार

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न एक अर्बको प्रलोभन आयो : वनमन्त्री



१८ फागुन, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन् ।

मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूलाई एक अर्बको आर्थिक प्रलोभन आएको बताएका हुन् ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा वन फडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई बदनाम पार्ने काम भएको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले गत ११ घाघ गते उक्त कार्यक्रमलाई खारेज गरेको थियो ।

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही बदमास कर्मचारीले भेट्न प्रयास गरेपनि कसैलाई भेटको स्वीकृति नदिएको बताए । उनले भने, ‘हामी १ अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो । तर मैले मुखमा कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ ।’

आफू प्रतिनिधिसभाको लेखा समितिमा रहँदा उपसमितिमा बसेर वैज्ञानिक वन कार्यक्रमबारे अध्ययन गर्दा पनि जिल्ला वन अधिकृत, क्षेत्रीय निर्देशक, काठ व्यवसायी कर्मचारीलगायतले प्रलोभन देखाएको उनले बताए । मन्त्री आलेले वन नियमावली बनाउँदा सरोकारवालाहरूसँग परामर्श गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु