१ बैशाख २०७८, बुधबार

आजको मौसम कस्तो छ ?



फागुन १८ काठमाडाैं । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताइन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँको मौसम सफा रहने र पर्सि बिहीवारदेखि भने सामान्य बादल लागेर पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहने मौसमविद् बासीले भनाइ छ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस कायम गरिएको महाशाखाले जनाएको छ । मौसम खुल्न थालेसँगै काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु