१९ मंसिर २०७९, सोमबार

२०७८ मा तीन वटा दशैं, विजयादशमी असोज २८ गते



फागुन, १८, काठमाडौं । २०७८ सालमा तीनवटा दशै परेका छन् । २०७७ सालमा मलमास परेकाले चैते दशै नयाँ वर्षको वैशाखमा परेपछि तीनवटा दशै परेका हुन् ।

वाल्मीकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराइले यस वर्ष असोज महिनाभर पूरै एक महिना मलमास परेकाले २०७८ सालमा वैशाख, असोज र चैतमा तीनवटा दशै परेको जानकारी दिए । उनले भने, ‘यसअघि २०७३ र २०७० मा पनि तीनवटा दशै परेका थिए ।’

आउँदो वैशाख ७ गते मंगलबार चैत्र शुक्लअष्टमी अर्थात् चैत्रे दशै परेको छ । नेपाल पञ्चागं निर्णायक समितिको निर्णयअनुसार प्रकाशित पात्रोमा २०७८ को चैत्र २६ गते शनिबार अर्को चैत्र शुक्लअष्टमी अर्थात चैते दशै परेको छ भने आश्विन शुक्लपक्षको बडादशै असोजमा परेको छ ।

यसअनुसार २१ गते बिहीबार घटस्थापना, असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी परेको छ ।

कात्तिक कृष्णपक्षमा सुरु भएर शुक्लपक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि सुरु हु्नेछ भने कात्तिक १८ गते लक्ष्मीपूजा र २० गते भाइटीका परेको छ ।

नेपालमा वैदिक सनातनीहरुले दशै र तिहारलाई विशेषरुपमा मनाइन्छ । पञ्चागंकार तीनवटा दशै पर्नु धर्मकर्म र आराधनाका दृष्टिले राम्रो हुने बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको