२१ जेष्ठ २०८०, आईतवार

कर्णालीका सपुत योगी नरहरिनाथलाई सम्झिँदा


प्रेम कैदी
१७ फाल्गुन २०७७, सोमबार

योगी नरहरिनाथको बाल्यकालको नाम बलवीर सिंह थापा हो । वि. सं १९७१ फागुन १७ गते कालिकोट सान्नीदराको लालु अर्थात् भडारीबाडामा उहाँको जन्म भएको हो । उहाँ जन्मिएको गाउँ कर्णाली पारि अछाम जिल्लासँग जोडिएको छ । अहिले स्थानीय तहको नाम उहाँकै नामबाट नरहरि गाउँपालिका राखिएको छ । उहाँले सानो छँदा गाउँमै बाख्रा चराउने, मेलापात गर्ने र गाईवस्तु हेर्ने गर्नुहुन्थ्यो । नरहरिनाथलाई ८ वर्षको उमेरमा उहाँका पिता ललितसिंह थापाले कर्णाली क्षेत्र अर्थात् मालिकादेखि कैलाशसम्मका धार्मिक स्थलहरूको यात्रामा लग्नु भएको देखिन्छ । त्यो यात्राबाट फर्किएपछि नरहरिनाथका धेरै भाइहरू भएका हुनाले उहाँका पितालाई एकजना छोरा मलाई दिनुस् भनेर नाथ सम्प्रदायका मृगस्थलीमा बस्ने छिप्रानाथ गुरुले माग्नु भयो । नरहरिनाथलाई पढाउने, लेखाउने र असल मान्छे बनाउने भनेर लिई जुम्लाको भैरवनाथ मन्दिरमा भएको पाठशालामा भर्ना गरियो । उहाँले साधारण अक्षरहरू त मातापिताबाट घरमै चिनिसक्नु भएको थियो । त्यहाँ उहाँलाई थप शिक्षा आर्जनका लागि योगी छिप्रानाथको अभिभावकत्वमा राखियो ।

एक रात योगी छिप्रानाथले विद्यार्थीहरू सुत्ने कोठामा बत्ती बलिरहेको देखेपछि कसले निभाउन बिर्सेछ, मेरो बोकेर ल्याएको मट्टीतेल यिनीहरूले सकाउने भए भनेर जाँदा एउटा विद्यार्थी माथि भराइनोमा डोरीले टुप्पी बाँधेर पढिरहेको रहेछ । नजिक गएर हेर्दा बलवीर रहेछन् । छिप्रानाथले ए बलवीर के गरिराखेको ? भन्दा गुरुदेव मलाई पढ्न मन लाग्यो सुत्न मन लागेन त्यसैले पढिरहेको भन्नु भएछ । उहाँका साथीहरूका बीचमा त्यो बलवीरलाई हेर्दा छिप्रानाथलाई लाग्यो कि, मैले हीरा भेटें । यो नै नाथ सम्प्रदायको कर्मलाई अगाडि बढाउन सक्ने भावी महानायक बन्न सक्छ भनेर उहाँले आफूसँगै काठमाडौं ल्याएर पढाउनु भयो । योगी छिप्रानाथले नरहरिनाथलाई बनारस, हरिद्वार, खन्ना, कराँची र लाहोरसमेत लिएर जानु भयो । त्यसपछि असाधारण रूपमा पढिराख्ने नरहरिनाथ मद्रास गएर संस्कृत विश्वविद्यालयमा संस्कृतमा बी.ए.अनर्स गर्नु भयो । त्यसपश्चात् सत्संग अर्थात् व्यावहारिक ज्ञान हासिल गर्न अफगानिस्तानदेखि म्यानमारसम्म र तिब्बतदेखि श्रीलङ्कासम्म पुग्नु भयो । त्यहाँ शैक्षिक संस्थाहरू, मठ मन्दिर, गाउँबस्तीमा जाने र बस्ने गर्दै त्यो क्षेत्रका समग्र भाषा, इतिहास र साहित्यको अध्ययन गर्नुका साथै त्यहाँका दिग्गज व्यक्तित्वसँग सत्संग गर्नुभयो । उहाँ आफैमा क्षमताले भरिपूर्ण हुनुहुन्थ्यो, पढाइमा फष्ट क्लास गोल्ड मेडलिस्ट हुनुहुन्थ्यो । त्यहाँ पनि प्राचीन शिलालेख र ताम्रपत्रहरूको अध्ययन गर्न नपाएपछि उहाँ फर्केर एकैचोटि विक्रमादित्य विश्वविद्यालय इन्दोर जानुभयो । पुरातत्व शास्त्रको पढाइ हुने त्यो एक मात्र सर्वोत्कृष्ट विश्वविद्यालय रहेछ । त्यहाँ उपकुलपतिकोमा गएर उहाँले मलाई पुरातत्व पढ्नु छ भनेपछि भोटो कछाड लगाइ सानै उमेरमा दाह्री पालेको नरहरिनाथलाई अलि आश्चर्यमिश्रित भावमा उपकुलपतिले के तपाईँसँग प्रमाणपत्र छ ? भनी सोधेछन् । नरहरिनाथले फोटोसहित टाँसिएको संस्कृतमा बी.ए. अनर्स गरेको प्रमाणपत्र देखाएपछि बल्ल उपकुलपतिले पत्याएछन् । पैसाको बन्दोबस्त कसरी गर्नुहुन्छ ? भन्दा उहाँले म बन्दोबस्त गरिहाल्छु भन्नु भएछ । कहाँ बस्नुहुन्छ भन्दा यतै चौकीदारको साइडमा मलाई लुङ्गी ओछ्याएर सुत्ने ठाउँ दिनुस् म त्यहीँ बस्छु भन्नु भएछ ।

इन्दोरमा बसेर त्यहाँबाट निस्किसकेपछि स्वतन्त्रता सेनानीहरूको सम्पर्कमा आउनु भयो र भन्न थाल्नु भयो, हिन्दुस्तान हिन्दुहरूको देश हो, किन विदेशीहरूले आएर शासन गरिरहेका छन् ? त्यसपछि उहाँले दुर हटो रे दुनियाँ वाले, हिन्दुस्तान हमारा है ! भन्दै हिन्दुहरूको जागरण आन्दोलनमा अग्रणी भूमिका खेल्दा लालबहादुर शास्त्रीलगायतका नेताहरूसँगै जेल पर्नु भयो । उहाँ कराँची जेलमा ६ वर्षजति बस्नुभयो । सन् १९४७ मा इण्डिया अङ्ग्रेजहरूको शासनबाट स्वतन्त्र भएपछि उहाँ जेलबाट छुट्नुभयो ।

योगी नरहरिनाथ हिमालयबाट फर्किएको एकदम तप्त अनुहार भएको, दाह्री पालेको, भोक लाग्यो भने निमका पात खाने, नलको पानी पिउने र विश्वविद्यालयको पुस्तकालयमा पढेको पढ्यै गर्ने भन्ने कुरा थाहा पाएपछि सहरमा तहल्का मच्चियो । सारा सहरका अर्वपति खर्वपतिका छोरी बुहारी जहान बच्चाहरूको लाइन लाग्यो । दान दातव्यबाट मिठाई र पैसा थुप्रिन थाल्यो । सारा सहर उहाँको पछाडि लाग्यो । कक्षामा हुँदा उहाँ शिवसरोदय शास्त्र पढेको हुनाले हजारौं कुरा कण्ठ गर्न सक्ने र शिक्षकहरू कक्षामा आउँदा अगिल्लो दिन पढाएको कुरा बिर्से भने योगी नरहरिनाथले हिजो यस्तो भन्नु भएको थियो आज फरक कसरी भयो भनी प्रतिप्रश्न गर्दा शिक्षकहरू नै नतमस्तक हुन्थे । उहाँको ज्ञान र क्षमताको अगाडि सबैले आत्मसमर्पण गरे । कालान्तरमा योगी नरहरिनाथलाई तपाईँ पढाउनुहोस् भन्न थाले । उहाँ त्यहीं केही समय विश्वविघालयमा पुरातत्वशास्त्र पढाउन थाल्नुभयो । झण्डै वर्षदिन इन्दोरमा बसेर त्यहाँबाट निस्किसकेपछि स्वतन्त्रता सेनानीहरूको सम्पर्कमा आउनु भयो र भन्न थाल्नु भयो, हिन्दुस्तान हिन्दुहरूको देश हो, किन विदेशीहरूले आएर शासन गरिरहेका छन् ? त्यसपछि उहाँले दुर हटो रे दुनियाँ वाले, हिन्दुस्तान हमारा है ! भन्दै हिन्दुहरूको जागरण आन्दोलनमा अग्रणी भूमिका खेल्दा लालबहादुर शास्त्रीलगायतका नेताहरूसँगै जेल पर्नु भयो । सम्भवतः सन् १९३४ र दोस्रो चोटि १९४२ को कुरा हो,त्यतिखेर अङ्ग्रेजहरूले कराँची जेलमा परेका अधिकांशलाई कुटेरै मारेका थिए । नरहरिनाथलाई पनि पिटेर म¥यो भन्ने ठानेर लासहरूको बीचमा फालिएको थियो तर उहाँ ३-४ दिनपछि जागेर उठी हाल्नुभयो । उहाँ कराँची जेलमा ६ वर्षजति बस्नुभयो । सन् १९४७ मा इण्डिया अङ्ग्रेजहरूको शासनबाट स्वतन्त्र भएपछि उहाँ जेलबाट छुट्नुभयो । जेलबाट छुट्दा इण्डिया र पाकिस्तान विभाजित भइसकेका थिए । पाकिस्तानमा हिन्दुहरूको हत्या गरेर रेलमा दैनिक ४सय ५सय लासहरू यता आउँथे । त्यहाँ सीमामा बसेर उहाँले झण्डै २ वर्ष अरू स्वमम्सेवकसँग मिलेर हिन्दुहरूका लास विधिपूर्वक जलाउने कार्य गर्नुभयो ।

नेपाल पनि दिल्ली मातहत थियो भन्ने आधारहीन इतिहास निर्माण गरिएपछि त्यसको विरुद्ध नेपाली विद्यार्थीहरूले खासगरी बनारसलाई केन्द्र बनाएर आन्दोलन गरे जसको अगुवाई डा. डिल्लीरमण रेग्मीले गर्नुभएको थियो । त्यही आन्दोलनको चस्का योगी नरहरिनाथलाई परेपछि, उहाँ घोत्लिएर सोच्न थाल्नुभयो, नेपालको इतिहास के हो त ? वि.सं. २००२ सालमा काठमाडौं आउनु भयो र नेपालको इतिहास निर्माण अभियान सुरू गर्नुभयो ।

पछि नाथुराम गोड्सेले महात्मा गान्धीलाई मारेपछि एक प्रकारको साम्प्रदायिक विग्रह अलिकति मत्थर भयो । त्यसपछि उहाँ गंगाजीको पानीले नुहाएर हरिद्वार गएर हिमालयतिर तपस्या गर्छु भनेर हिँड्ने बेलामा ठ्याक्कै भारतमा एउटा आन्दोलन चल्यो । गान्धी, नेहरु र राहुल सांस्कृत्यायनले मन्सुरीको एउटा होटेलमा झण्डै एक हप्ता बसेर तथाकथित अखण्ड भारत भन्ने देशबाहेक अरू दक्षिण एसियाका राष्ट्रहरूको कुनै अस्तित्व छैन भनेर इतिहासलाई अपव्याख्या गर्न ठुलो षड्यन्त्र रचे । अङ्ग्रेजहरूले समेत बिगारेर लेखेको जो थोरबहुत इतिहास थियो त्यसलाई भत्काएर तिब्वत पनि दिल्ली मातहत थियो, कास्मिर पनि दिल्ली मातहत थियो, नेपाल पनि दिल्ली मातहत थियो भन्ने आधारहीन इतिहास निर्माण गरिएपछि त्यसको विरुद्ध नेपाली विद्यार्थीहरूले खासगरी बनारसलाई केन्द्र बनाएर आन्दोलन गरे जसको अगुवाई डा. डिल्लीरमण रेग्मीले गर्नुभएको थियो । त्यही आन्दोलनको चस्का योगी नरहरिनाथलाई परेपछि, उहाँ घोत्लिएर सोच्न थाल्नुभयो, नेपालको इतिहास के हो त ? नेपाल स्वतन्त्र राष्ट्र हो कि होइन ? राहुल साङ्कृत्यायनले भनेजस्तो जङ्गबहादुरको शासन आइने अकबरी अनुसार भएको हो भनेपछि अकबरको मातहतको राष्ट्र हो भन्ने भए ।

त्यसैले योगी आफै नेपाल आउन सोचिरहनु भएको थियो, त्यति नै बेला राणा दरबारलाई नेपालको इतिहास लेख्नुपर्छ नत्र भारतले नेपालको अस्तित्व नामेट पार्छ भन्ने छलफल चलेछ । योगी नरहरिनाथका गुरु छिप्रानाथ र बबर शमशेरबीच कुरा भएअनुसार बबरशमशेरले योगी नरहरिनाथले बाहेक इतिहास लेखन कसैले गर्न सक्दैन भन्ने परेछ । त्यतिखेर राज्यले निर्णय नै गरेर उहाँलाई लिन मान्छे हरिद्वार पठाइयो तर योगी नरहरिनाथले एउटा शर्त राख्नु भयो । त्यतिखेर काठमाडौं उपत्यकामा प्रवेश गर्न तल भीमफेदीमा पास लिनु पथ्र्यो । त्यस्तो राहदानी व्यवस्थाअनुसार आफू नआउने र स्वेच्छाले जहिले पनि आउने जाने व्यवस्था हुने भए मात्र नेपाल जाने भन्नु भयो । त्यो शर्त मान्य भएपछि वि.सं. २००२ सालमा काठमाडौं आउनु भयो र नेपालको इतिहास निर्माण अभियान सुरू गर्नुभयो । उहाँले सर्वप्रथम वीर पुस्तकालयमा रहेको गोपाल वंशावली पत्ता लगाउनु भयो । त्यही गोपाल वंशावलीमा खस राज्य जुम्लाबाट विभिन्न मल्लहरू काठमाडौं कब्जा गर्न आएको इतिहास उल्लेख रहेछ । त्यही वंशावलीका आधारमा उहाँले यो खसहरूको देश रहेछ, मल्लहरूको देश रहेछ, पहिले सिञ्जा साम्राज्य पछि जुम्ला साम्राज्यको इतिहास पत्ता लगाउनु भयो । त्यसकै आधारमा उहाँ अध्ययन गर्दै वि.सं. २०१२ सालमा दुल्लु पुग्नु भयो । दुल्लुमा पृथ्वी मल्लको कृति स्तम्भ छ । त्यो कृति स्तम्भको आधारमा उहाँले जुम्लाको सिंजा साम्राज्यको राजवंशावली पत्ता लगाउनु भयो । सिंजा साम्राज्यको इतिहास पत्ता लाग्नासाथ सिंजापछि बनेको जुम्ला साम्राज्यको इतिहास पत्ता लागिहाल्यो, सँगै दुल्लुको इतिहास पनि थाहा भयो ।

वि.सं. २०४८ सालमा जुम्ला भ्रमणका क्रममा पृथ्वी मल्लको एउटा ताम्रपत्र भेटियो । उहाँले त्यो ताम्रपत्रमा लेखिएका सम्पूर्ण कुरा कागजमा उतारेर हामी सबैलाई पढ भनेर दिनुभयो । उहाँले यो पढेर के बुझ्यौ भनेपछि मैले भने कसैलाई घर खेत दिएको ताम्रपत्र हो । अरु यसको के महत्व छ त्यो त तपाईले नै व्याख्या गर्नुपर्छ भनेपछि उहाँले भन्नुभयो, नेपाललाई आइनीे अकबरीको आधारमा दिल्ली शासित देश हो भनेर झुठ कुरा लेखिएको थियो तर यहाँ त उर्दू, फारसी, हिन्दी कुनै पनि शब्द नआएको शुद्ध नेपाली भाषामा शासन व्यवस्था सञ्चालन गरेको देखिन्छ, संस्कृत र शुद्ध नेपाली भाषामा सबै लेखिएको छ । नेपाल स्वतन्त्र, स्वाधीन राष्ट्र हो भन्ने प्रमाण यही हो । त्यस्तै उहाँले पुण्य मल्लको यस्तै दस्तावेजका आधारमा एसियाका सारा राष्ट्रहरूले सिंजालाई कर बुझाउने गरेको इतिहास लेख्नु भयो । त्यसैले इतिहासमा सिंजा पनि एक प्रकारको अधिपति राष्ट्र देखिन्छ ।

नेपाललाई एउटा सफल राष्ट्र बनाउने योगी नरहरिनाथको सपना र अभियान थियो । यो अभियानलाई अगाडि बढाउने क्रममा उहाँले इतिहास प्रकाशन समिति र अध्ययन समिति बनाउनु भयो । धेरै धेरै इतिहासकारहरूलाई जगाउनु भयो । खास गरी नेपालको इतिहास निर्माणमा योगी नरहरिनाथको अतुलनीय योगदान छ । उहाँ नभई दिएको भए नेपाल भन्ने राष्ट्र हो कि होइन भन्ने कुरामा दुईमत हुन सक्थ्यो । अङ्गे्रजहरूले सुगौली सन्धि अन्तर्गत नेपालको दुई तिहाइ खण्ड लुटेर नेपाललाई एउटा सानो राष्ट्रमा सीमित पारेर छोडेर मात्रै गएका होइनन् । त्योभन्दा ठुलो आक्रमण चाहिं नेपालमा जातिय रडाको मच्चाउने र विभाजन गर्नेले अनेक षड्यन्त्र समेत गरे र बौद्धिक रूपमा त्यस्तो षड्यन्त्रको जालो फिजाएर गए । नेपालमा कोही अलिकति सानो आँखा, गोलो नाक भएकोलाई त्यो मङ्गोलियाबाट आएको मङ्गोल हो भनिदिए, अलिकति ठुलो आँखा र चुच्चो नाक भएकोलाई यो त इरानबाट आएको आर्य हो भनिदिए । जबकि आर्य भन्ने कुनै जाति नै छैन, मङ्गोल भन्ने पनि कुनै जाति छैन । नेपालीहरूमा विभाजन ल्याउन सक्ने यस्ता षड्यन्त्रहरूलाई चिर्ने काम योगी नरहरिनाथ, डा. स्वामी प्रपन्नाचार्य आदिले गर्नुभयो । डा. स्वामी प्रपन्नाचार्यले हामी मङ्गोलियाबाट आएका शरणार्थी होइनौँ भन्ने एउटा किताब लेख्नुभयो तर तथाकथित विद्वान्हरू अहिले पनि हामी कोही मङ्गोल र कोही आर्य हौंं भन्न छाड्दैनन् । त्रिभुवन विश्वविद्यालयमा त कतिपय अङ्ग्रेजका एजेण्ट आफूलाई इतिहासकार भन्नेहरूले त्यसरी नेपालीहरूलाई खण्डित गर्ने, नेपाली बीच जातीय द्वन्द्व निम्त्याउने र नेपालीहरूलाई आपसमा लडाउने किसिमको षड्यन्त्रहरू निरन्तर गरिरहेका छन् । त्यो षड्यन्त्रका विरुद्धमा सर्वप्रथम कोही खडा भयो भने त्यस्तो महानायक योगी नरहरिनाथ नै हुनुहुन्थ्यो ।

वि.सं. २०१६ मा नेपालीहरूलाई खुवाउनलाई फोहोरी डाल्डा घीउ ल्याउन इन्डियन कम्पनीसँग पैसा खाएर तत्कालीन सरकारले सम्झौता ग¥यो । हामी हिमाली नुन खान्थ्यौं, त्यो नुन खाँदाखेरी मान्छेमा जुन किसिमको स्वस्थता हुन्थ्यो त्यो सब भताभुङ्ग पारेर दक्षिणको नुन ल्याउने, समुन्द्रको नुन ल्याउने भनेर इन्डियनहरूको योजनामा सरकारले नेपाली जनताको स्वास्थ्यमाथि जुन खेलवाड ग¥यो र गद्दारी ग¥यो त्यतिबेला त्यसको विरुद्ध बोल्ने कोही थिएन । योगी नरहरिनाथ त्यसका विरूद्ध एक्लै खडा हुनुभयो । उहाँले गोरखा, धादिङ ठाउँ ठाउँमा जनता जगाउँदा, यसलाई महेन्द्रले भित्रभित्र पैसा दिएका छन्, यो महेन्द्रको दलाल हो, यो दरबारिया प्रतिगामी हो भनेर शासक दलका नेताहरूले भने पनि यथार्थ त्यो होइन । यथार्थ के हो भन्दा नेपालको राष्ट्रिय उत्पादनलाई हतोत्साहित पार्ने, नदी विदेशीलाई बुझाइदिने, सीमा विदेशीलाई बुझाइदिने, उत्तरमा चेकपोष्ट राख्ने, नेपाललाई संयुक्त राष्ट्रको सदस्य हुन नदिने र हिजो अङ्ग्रेजले षड्यन्त्र गरेजस्तै शासक दलमार्फत् दिल्लीका शासकहरूले गरेको षड्यन्त्र विरुद्ध कोही सचेत व्यक्तित्व थियो भने त्यो महानायक योगी नरहरिनाथ हो ।

एकचोटि उहाँलाई प्रज्ञा प्रतिष्ठानमा ठुलो लेखकको नामबाट गणेशमान सिंहको हातबाट पुरस्कार दिने भनेर २०४७ -४८ सालतिर बोलाउन गएछन् । गणेशमान सिंहका हातबाट दिने पुरस्कार हो तपाईँ जसरी पनि आई दिनु प¥यो भन्दा उहाँले भन्नुभएछ, गणेशमानलाई त म सम्मान गर्छु, त्यो नेवारको छोरो भएर पनि अति वीर छ तर पुरस्कार भन्ने कुरो आजसम्म मैले लिने गरेको छैन । पुरस्कार लिएपछि मान्छेमा लोभ, अहङ्कार र गलत प्रवृत्ति आउँछ ।

योगी नरहरिनाथ रातदिन खाली नबस्ने विशुद्ध बाल ब्रह्मचारी हुनुहुन्थ्यो । उहाँ एकदमै निष्ठावान, लोभलालच नभएको मानिस हुनुहुन्थ्यो । एकचोटि पछिल्लो कालमा उहाँ मुम्बई जानुभयो । पुनामा ठुलो योगी देवेन्द्रनाथको शालिक बनेको थियो । त्यसको उद्घाटन कसबाट गराउने भनी छलफल हुँदा त्यहाँका ठुला विद्वान्हरूले हाम्रो कालका महासिद्ध, महागुरु एवम् ब्रह्मज्ञानी योगी नरहरिनाथको हातबाट गर्ने भए गर्ने नत्र नगर्ने भनेछन् । उहाँ त्यहाँ जाँदा भेट्न मराठा नायक बाल ठाक्रे आउनु भयो । बाल ठाक्रेले भन्नुभयो तपाईँ हिन्दु राष्ट्र र हिन्दुत्वको लागि काम गरी राख्नु भएको छ तर तपार्इँको आश्रमको बिछ्याएको टाट छ नि त्यसमा पनि प्वालै प्वाल छन् भन्ने कुरा मैले सुनें । तपाईँ अलिकति पैसा लैजानुस् भनी ३५० करोड रूपैयाँ बोरामा राखेको रहेछ । उहाँले जिब्रो टोक्नु भएछ । मैले यसरी कसैसँग पैसा लिएको छैन । एकचोटि उहाँलाई प्रज्ञा प्रतिष्ठानमा ठुलो लेखकको नामबाट गणेशमान सिंहको हातबाट पुरस्कार दिने भनेर २०४७-४८ सालतिर बोलाउन गएछन् । गणेशमान सिंहका हातबाट दिने पुरस्कार हो तपाईँ जसरी पनि आई दिनु प¥यो भन्दा उहाँले भन्नुभएछ, गणेशमानलाई त म सम्मान गर्छु, त्यो नेवारको छोरो भएर पनि अति वीर छ तर पुरस्कार भन्ने कुरो आजसम्म मैले लिने गरेको छैन । पुरस्कार लिएपछि मान्छेमा लोभ, अहङ्कार र गलत प्रवृत्ति आउँछ । त्यसैले मैले कहिल्यै पनि पुरस्कार लिने गरेको छैन । उहाँले कसैलाई पनि अगाडि प्रशंसा गर्नु हुन्नथ्यो, बरु वेला मौकामा गाली गरी हाल्नु हुन्थ्यो । व्यक्तिको प्रशंसा गर्नुहुन्न भन्नुहुन्थ्यो । बाहुन, क्षेत्री, ठकुरी, जनजाति जो भए पनि उहाँको खुट्टा ढोग्न खोज्थे । उहाँले भरसक खुट्टा ढोग्न दिनुहुन्नथ्यो । कुनै आर्थिक सहायता ग्रहण नगर्ने भएकाले उहाँका किताबहरू छाप्दा जहिले पनि सङ्कट हुन्थ्यो । मेरा उहाँसँग धेरै अनुभवहरू छन् ।

उहाँको पछिल्लो कालमा छापिएको सबैभन्दा राम्रो किताब मानिन्छ, शिखरिणी यात्रा । त्यो ५÷६ सय पेजको महाकाव्य छाप्न भनेर सँगै २÷३ जना भोका नाङ्गा धोती कछाडबाहेक केही नभएका मान्छेहरूलाई लिएर उहाँ हिँड्नु हुन्थ्यो । किताब छाप्ने भनेपछि प्रेसमा गयौं । प्रेसको साहूले हे¥यो नङ्गा जोगी किताब छाप्ने भन्छ, २÷३ लाख रुपैयाँ भारु लाग्छ । उसले यसो विचार ग¥यो, त्यसै त आएको हैन होला, केही शक्ति छ भन्ने ठान्यो होला । त्यसपछि उसले भन्यो तपाईँ कागज ल्याई दिनुस् म किताब छापिदिन्छु । कागज ल्याउन हामीसँगै चाँदनी चोकमा गयौं । हामी सबै धर्मशालातिर त्यत्तिकै हल्लेर बसिरहने र बिहान के खाने बेलुकी के खाने केही टुङ्गो थिएन । खानपिन पनि छैन, उहाँ भन्नुहुन्छ लाखौंको किताब छाप्छु । चाँदनी चोकमा कागज कोठीको मालिक एक सरदार कहाँ योगी अगिअगि हामी पछिपछि पुग्यौं । परबाटै उहाँलाई देखेर पंजावी साहू जुरुक्क उठिहाले, ओइ नररहे कित्थेनु आया ? उहाँले यसो हेरेर हास्दै भन्नुभो, ओहो ए सरदार क्या हाल है तुस्सी दस्सो ? दुई जना कराँचीमा जेलमा सँगै बसेका साथी रहेछन् । ऊ त स्वाधीनता र स्वतन्त्रता सेनानी भएकाले राज्यले कयौं सुविधा दिएर अर्वपति भैसकेको रहेछ । नजिक पुगेपछि उसले फेरि सोध्यो, क्यु आया ? योगीले किताब छाप्नु थियो त्यसैले कागज लिन आएको भन्नु भयो । सरदारले भन्यो, मेरा दोस्त आया, हिन्दुस्तानको इस आद्मीका ऋण बहुत ज्यादा है, हम लोग कभी नही चुका सक्ते । मगर आज ये मेरे पास आया मेरा धन्य अहोभाग्य ! उरिन होनेका मुझे चान्स मिल गया । इसको जितना कागज चाहिए देदो । डेड दुई लाखको कागज, अरे, पउँचादो इसके पास पैसा नही हाेंगे भन्यो । प्रेसमा डेड लाखको कागज फालेपछि प्रेस मालिक चकित प¥यो । एक रूपैयाँ नभएका नङ्गाहरू यत्रो कागज ल्याइदिए । अनि खुरुक्क किताब छापिदियो । किताब छाप्दा छाप्दै उडिसाको एउटा मन्त्रीले आएर भारु डेड दुई लाख रूपैयाँ बुझाई दिए । त्यसपछि हामी किताब ल्याएर काठमाडौं आइहाल्यौं । यस्तो विचित्रको शक्ति थियो उहाँमा ।

योगी नरहरिनाथ नेपाल राष्ट्रको इतिहास निर्माता भएकाले पहिले अङ्ग्रेज उपनिवेशवादीहरूले मार्न खोजे पनि बाँचिहाल्नु भयो । दोस्रो पटक फेरि वि.सं. २०१७ सालमा जुम्लाबाट गिरफ्तार गरेर ल्याई बहुला हात्तीलाई रक्सी खुवाएर योगी नरहरिलाई कुल्चाएर नदीमा फालियो । नदीबाट पनि उहाँ बचेर आइसकेपछि काँग्रेसको खोल ओढेका विदेशीका दलालहरूले फेरि गिरफ्तार गरेर हिलैहिलो भएको घरको गोठमा सर्प, बिच्छी, गड्यौलाहरू भएको ठाउँमा १५ दिनसम्म खान नदिएर फालेका थिए । त्यति गर्दा पनि योगी नरहरिले राष्ट्रलाई उठाउने कार्यलाई जारी राख्नुभयो र इतिहास निर्माण गर्ने अभियानलाई जारी राख्नुभयो । इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह र कर्णालीको संस्कृति, देशको संस्कृति र नेपाली जातजातिको संस्कृतिबारे उहाँले ५७३ वटा किताबहरू तयार पार्नु भयो । उहाँले सारा देश घुम्नु भयो, ४९ हजार खोला र कुनै त्यस्तो ठाउँ छैन जहाँ उहाँ नपुगेको होस्, नेपालका उनाकुना पुग्नु भयो । उहाँले मानव जातिको आदि पुस्ता यतिलाई भेट्नु भयो । उहाँले आफ्नो ब्रह्मज्ञानले भ्याएसम्म सिर्जनामा तल्लीन रहनु भयो । ‘शिक्षा सुधारे सकल सुधारे भन्ने उहाँको उक्ति छ । मान्छेलाई देउता बनाउने संस्कृत शिक्षाको लागि वकालत गर्नुभयो । उहाँले मान्छेलाई सुसंस्कृत बनाउन दैवी शक्ति भएको संस्कृत शिक्षाको आवश्यकतालाई उजागर गर्दै दाङमा गएर जनतालाई आह्वान गर्नुभयो र जनताले १२ हजार बिगाहा जमीन दान गरे । त्यहाँ उहाँले महेन्द्र संस्कृत विश्वविद्यालय खडा गर्नु भयो तर दुर्भाग्य के भैदियो भने अन्तर्राष्ट्रिय षड्यन्त्रको कारण राजा महेन्द्र मारिए । महेन्द्र मारिएपछि वीरेन्द्र शाह राजा भए । उनी क्रिश्चियन स्कुलमा पढेका अलि सोझा राजा थिए । उनले नेपाललाई अमेरिका र युरोपजस्तो बनाउने भनेर अङ्ग्रेजी भट्याउने कतिपय सल्लाहकारहरू बनाए । योगी नरहरिले भन्ने गर्नुहुन्थ्या,े इसाई, मुसाई, कसाई र चुसाई यी चारजना मिलेर राष्ट्र बर्वाद गर्दैछन् । नभन्दै उनीहरूले राजा वीरेन्द्रलाई देशमा एउटै राजा हुनुपर्छ, एउटै व्यवस्था हुनुपर्छ र एउटै विश्वविद्यालय हुनुपर्छ । यसले दोस्रो विश्वविद्यालय ल्याएर विकल्प खडा ग¥यो । यो बहुदलवादी हो, अर्राष्ट्रिय तत्व हो भनेर आरोप लगाए । त्यसपछि योगी नरहरिलाई षड्यन्त्रपूर्वक युवराज दीपेन्द्रलाई अपहरण गर्न खोजेको जस्तो कपोकल्पित मुद्दा बनाए । विदेशी दलालहरू मिलेर वि.सं. २०३२ सालमा योगी नरहरिनाथलाई गिरफ्तार गराए र भद्रबन्दी गृहमा उहाँलाई तेस्रो पटक मार्ने प्रयास गरिएको गोविन्द काफ्लेको आरोप छ ।

वि.सं. २०५९ साल फागुन १३ गते उहाँले इच्छा मृत्यु धारण गर्नु भयो । हामीले उहाँको शवलाई गाड्दाखेरि दिनभरि घाम लागिरहेको थियो, छातीसम्म माटो हालिसकेपछि एक्कासि घनघोर असिना पानी प¥यो । सबै मान्छेहरू भागिहाले । त्यहाँ म, गोविन्द काफ्ले र विराटनगरका एक जोगी मात्र रह्यौं । असिना पानीमै हामीले उहाँको बाँकी शरीरलाई पु¥यौं । माघको ठण्डीमा गोविन्द काफ्लेले पातलो कपडा मात्र लगाएकाले कता आगो ताप्न जानु भयो । अर्को जोगी र म बाहिर निस्क्यौं र अलि वर आइसकेपछि मैले त्यो जोगीलाई सोधें, तपाईँ को हो ? कहाँबाट आउनुभएको हो ? उनले भने, आजै विराटनगरबाट आएको हुँ । योगी नरहरिनाथ जस्तो महानायककोमा आउनु परेन ? मैले कसरी महानायक भन्दा उनले भने तपाईँलाई थाहा छ संसारमा सबभन्दा बढी भाषा बोल्ने को थियो ? एकजना हिन्दुस्तानका सन्त थिए विनोबा भावे जो १७ भाषा बोल्थे, राहुल सांस्कृत्यायनले २१ भाषा बोल्थे र योगी नरहरिनाथले २७ वटा अन्तर्राष्ट्रिय भाषा बोल्थे । त्यस्तो व्यक्तिकोमा आउनु परेन ? उनको परिचय माग्दा म अघोरी रामनाथको नाति हँु चिन्या छ अघोरीलाई ? मैले भने चिन्याछु तल आर्यघाटमा उहाँको एउटा मूर्ति छ । त्यतिकैमा कोही मान्छेले मलाई बोलायो । उहाँ त्यही उभिराख्नु भएको थियो । यसो हेरेको हराई हाल्नु भयो ।

उहाँले नेपाल भन्ने राष्ट्रको सांस्कृतिक, भौगोलिक, ऐतिहासिक क्षेत्रको दार्शनिक ढङ्गले बृहत् व्याख्या गर्नु भयो । नेपाल राष्ट्रको एकीकरण नै खसान्त, सेसान्त र अनेक जातिको एकतामा भएको हो, त्यसैले योगीले सबै जातिको इतिहास बनाउनु भयो । नेपाली राष्ट्रिय इतिहासको बारेमा हामी पूर्ण रूपमा जागरुक भएका छौं । विदेशीहरूले जस्तोसुकै षड्यन्त्र गरे पनि हामी उनीहरूलाई परास्त गर्न सक्छौं । यस्तो प्रकारको चेतना, ज्ञान र यस्तो सोच नरहरिनाथको शिक्षाका कारणले विकास भएको हो । पृथ्वीनारायण शाह को हुन् भन्नेबारे मान्छेमा भ्रम थियो । पृथ्वीनारायण शाहको बारेमा एकपक्षीय मात्र इतिहास लेखिएको थियो । यहाँ आएर नेपाल, तिब्बत र चाइनासम्म यतैबाट हान्ने योजनामा इस्ट इन्डिया कम्पनीले पठाएका क्यापुचिन पादरीहरूलाई यहाँबाट भगाउनका लागि दक्षिण एशियाका समग्र राजाहरू मिलेका थिए । त्यो मिल्ने काम भएको थियो भक्तपुरका राजा रणजित मल्लको नेतृत्वमा । उनको आफ्नो छोरा सर्पले टोकेर मरेका हुनाले आफ्नो मित छोरा पृथ्वीनारायण शाहलाई लिएर रणजित मल्लले आफ्नो मित बनारसका राजा बलवन्दन सिंहको छोरी विहे गराएर त्यहाँबाट हात हतियार र आर्थिक दाइजो ल्याएर सवल भएर, जुन हिमवत् खण्ड थियो त्यसको खण्डित भएको क्षेत्रलाई पुनःएकीकरण गरेर गोर्खा साम्राज्य बनाएका थिए । यो इतिहास कसैलाई थाहै थिएन । यस्तो इतिहास अगाडि ल्याउने, पृथ्वीनारायण एउटा युग नायक हो, समग्र एसियाको ज्योति हो, पृथ्वीनारायणले कस्तो प्रकारको नीति अगाडि ल्याएर पृथ्वीनारयण शाहका दीव्य उपदेश पत्ता लगाएर तिनीहरूलाई छाप्ने कार्यसमेत गर्नु भयो । उनले कुन लेखक र बुद्धिजीवीको कस्तो भूमिका खेलेका थिए भनी व्याख्या गर्नुभयो । कसरी भानुभक्त आदिकवी हुन् भन्ने कुराको पनि उहाँले व्याख्या गर्नुभयो । योगी नरहरिनाथ नभएको भए हाम्रो चेतनाको गति अवरुद्ध हुन्थ्यो, हाम्रो राष्ट्रिय चेतना खण्डित हुन्थ्यो र धेरै कुरामा नेपालीहरू भ्रममा रहने थिए ।

उहाँ भित्रको सत्व, शक्ति, चेतना र जुन दैवी ज्ञान थियो त्यो नष्ट नहोस् भनेर सधैँ सचेत हुनुहुन्थ्यो । उहाँ जसको चुलामा जे पाक्छ त्यही सहजै खानु हुन्थ्यो । मासु सायद उहाँले कहिल्यै खानु भएन तर अरु जे दिएपनि उहाँ सहजै ग्रहण गर्नु हुन्थ्यो । छुवाछूत नगर्ने र माइकबाट गायत्री मन्त्र सबलाई सुनाउने हुनाले कर्मकाण्डीहरू त सब उहाँका शत्रु थिए । यो जोगीले हाम्रो धर्मलाई भ्रष्ट ग¥यो भन्थे तर उहाँ कस्तो हुनुहुन्थ्यो भन्दा, उहाँ आफूलाई म वैदिक साम्यवादी हुँ भन्नुहुन्थ्यो ।

यसरी समग्र हिन्दु, गोरखा, समग्र हिमाली जाति, कैलाश कर्णाली खण्ड आदिको समग्र इतिहासलाई लिपिबद्ध गर्नु भयो । उहाँको शिखरिणीयात्रा खण्डकाव्यलाई मैले नेपालको राष्ट्रगीता नाम दिएको छु । त्यो खण्डकाव्य पढ्यो भने थाहा हुन्छ कि योगी नरहरिनाथले कस्ता कस्ता मान्छेहरूलाई साथमा लिई नेपालको राष्ट्रिय इतिहास बनाउनु भयो, कति दुःख गर्नुभयो र कति पटक मृत्युको सामना गर्नुभयो भन्ने कुरा थाहा हुन्छ । उहाँका कुनै पनि किताबहरूमा हामीले थाहै नपाएका इतिहासका कुरा भेटिन्छन् । हिमवत् खण्ड मात्रै पढ्ने हो भने नेपालको राष्ट्रिय एकीकरण कसरी भएको हो, को हुन् त एकीकरणका नायक, के पृथ्वीनारयण शाह मात्रै हुन् त ? वैदिक कालबाट पृथ्वीनारायण शाहको जस्तै योगदान कस–कसले गरे ? पछिल्लो समयमा भक्तपुरका राजा रणजित मल्लको पृथ्वीनारायण शाहको जस्तै योगदान छ र सिन्धुपाल्चोकका रामकृष्ण थापाको पनि देन छ । यस्ता कतिपय वीर सपुतहरू, कतिपय राष्ट्र निर्माताहरूको सारा इतिहास, संस्कृतिलाई उनीहरूको घरघरमा गएर परिवारलाई समेत जगाउने कार्य योगी नरहरिनाथले गर्नु भएको छ । आश्रममा आई उहाँको खुट्टामा पाँच, दश, सय, दुई सय रूपैयाँ चढाउँथे । वरिपरि बस्ने निसाचरहरू बडार्ने नाममा चोर्थे । उहाँले हेरिराख्नु हुन्थ्यो र कहिल्यै केही भन्नु हुन्नथ्यो किनभने उहाँले कसैले पनि ल्याएको पैसामा दुःख, कष्ट, आँसु, पाप हुन्छ भन्नुहुन्थ्यो । उहाँ भित्रको सत्व, शक्ति, चेतना र जुन दैवी ज्ञान थियो त्यो नष्ट नहोस् भनेर सधैँ सचेत हुनुहुन्थ्यो । उहाँ जसको चुलामा जे पाक्छ त्यही सहजै खानु हुन्थ्यो । मासु सायद उहाँले कहिल्यै खानु भएन तर अरु जे दिएपनि उहाँ सहजै ग्रहण गर्नु हुन्थ्यो । छुवाछूत नगर्ने र माइकबाट गायत्री मन्त्र सबलाई सुनाउने हुनाले कर्मकाण्डीहरू त सब उहाँका शत्रु थिए । यो जोगीले हाम्रो धर्मलाई भ्रष्ट ग¥यो भन्थे तर उहाँ कस्तो हुनुहुन्थ्यो भन्दा, उहाँ आफूलाई म वैदिक साम्यवादी हुँ भन्नुहुन्थ्यो ।

पहिले मलाई लाग्थ्यो साम्यवाद भन्ने जर्मनीबाट आएको हो तर उहाँ साम्यवादको रचयिता मनु हुन् भन्नुहुन्थ्यो । विश्वको पहिलो संविधान मान्ममा मनुले ८८ हजार ऋषिमुनिहरू राखेर घोषणा गर्नु भएको थियो । अहिले बिगारिएको गलत मनुस्मृति हाम्रो अगाडि छ, जहाँ विभेदकारी फोहर कुरा लेखिएका छन् । योगी नरहरिका अनुसार कामाख्याको कर्ण थरको कुनै लेखकले मनुस्मृतिलाई पुनःलेखन गरी त्यसमा नचाहिँने कुरा हालियो । कुपमण्डुकहरू मनुवाद भनेर क्रिष्टियनहरूको पछाडि लागेका दलालहरू त्यस्तै क्षेपकका आधारमा मनुको बदनाम गरिरहेका छन् । जबकि पहिलो साम्यवादी ग्रन्थ भनेको मनुस्मृति हो । वास्तवमा असली साम्यवादीहरूले त मनुलाई सम्झनु पर्ने हो । मनु भनेका विश्वको राजा मात्रै होइनन्, विश्वको अधिपति मात्रै होइनन्, समग्र विधिको, समग्र व्यवस्थाको र समग्र मानव जातिको रक्षार्थ खडा भएको महानायक नै हुन् । मनुकै कर्मशीलतामा पृथ्वीनारायणदेखि लिएर अन्य शासकहरूले राष्ट्र रक्षाको कर्म पूरा गरेको देखिन्छ । योगी नरहरिनाथले सधैँ समानताका पक्षमा बोल्नु हुन्थ्यो, विभेद गर्नुहुन्न भन्नुहुन्थ्यो, कसैलाई पनि दमन गर्नु हुँदैन भन्नुहुन्थ्यो र कसैको सम्पतिहरण गरिनु हुन्न भन्नुहुन्थ्यो । उहाँले सदैव राष्ट्रको सीमाहरण गर्ने कुराको पनि विरोध गर्नुभयो । त्यस्तै उहाँले इराक माथि साम्राज्यवादीहरू मिलेर गरिएको हमलाको विरोध गर्नुभयो । राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय हस्तक्षेपको उहाँले सधैँ विरोध गर्नुभयो ।

उहाँले भन्नुहुन्थ्यो, मान्छेको उत्पत्ति बाँदरबाट भएको हो भन्ने कुरा चाल्र्स डार्विनले पत्ता लगाए भनी हामी पढ्छौं । बाँदर भनेका कसका सन्तान हुन् ? अवलोकितेश्वर र ताराका सन्तानका रूपमा ६ वटा ढेडु जन्मे त्यहीं ढेडुबाट मान्छे जन्मे भन्ने त हाम्रा शास्त्रहरूमा लेखिएको छ । त्यसैले मानव जातिको उत्पत्तिबारे पश्चिमाहरूले बनाएको जुन तथाकथित इतिहास छ त्यो हाम्रो इतिहास हो र जगत्मा जेठो संस्कृति र सभ्यता कैलाश कर्णाली खण्डबाट आएको व्याख्या गर्नु भयो । जगत्मा जेठो सभ्यता, जेठो धर्म भनेको हिन्दु सभ्यता हो भन्नुभयो । आज स्यामुयल हन्टिङ्टन र फान्सिस फुकियामाले भनेजस्तै विश्वमा सभ्यताको लडाईँ भइरहेको छ । सोभियत संघको पतनपछि पूँजीवाद र साम्यवाद बीचको द्वन्द्व सभ्यताको द्वन्द्वमा रूपान्तरित भयो । अब जगत्मा जेठो मानवतावादी सभ्यता, वैदिक साम्यवादमा आधारित, नेपाली, हिन्दु सभ्यतामाथि साम्राज्यवादी सांस्कृतिक हमलाको वृहत् व्याख्या गर्नु भयो ।

उहाँमा हामीले नदेखेका कुरा देख्न सक्ने, हामीले नजानेका शक्तिहरूलाई भेट्न सक्ने, कुनै पनि विषयको व्याख्या गर्न सक्ने, हजारौँ दस्तावेज कण्ठाग्र पार्न सक्ने अद्भूत क्षमता थियो । उहाँलाई एकछिन समय दिई कुन राजाले कहिले लेखेको, कुन शिलापत्र, कुन ताम्रपत्र, कुन कनकपत्र हो सबै फरर पढ्न सक्ने, हजारौं महाकाव्य भन्नसक्ने त्यस्तो शिव सरोदय शास्त्र पढेको हुनाले आसाधारण क्षमता थियो । ब्रह्मचर्यका कारणले पनि उहाँसँग विशेष शक्ति थियो । त्यस्तो मान्छेसँग भेट्न पाउनु, त्यस्तो मान्छेसँग नजिक हुन पाउनु, त्यस्तो मान्छेको कृपादृष्टि पाउनु भनेको मेरो अहोभाग्य हो ।

उहाँसँग सङ्गत

उहाँले कर्णालीका मान्छेहरूलाई मृगस्थली बोलाइरहनु हुन्थ्यो । उहाँ मेरो जेठो बुवाको साथी हुनुहुन्थ्यो । मेरो जेठो बुवा डिट्ठा क्षेत्रबहादुर शाही कर्णालीबाट वि.सं. २००७ सालको क्रान्तिमा भाग लिने एक मात्र व्यक्ति हुनुहुन्थ्यो र जुम्लामा योगी नरहरिसँगै पढ्नु भएको थियो । उहाँहरू साह्रै निकट हुनुहुन्थ्यो । योगी छिप्रानाथ हाम्रो घरमा गइराख्नु हुन्थ्यो । योगी नरहरिनाथ पनि पछि कालिकोटको रास्कोटमा रहेको हाम्रै घरमा गएर बस्नु भयो । उहाँले रास्कोटको इतिहास सन्धिपत्र सङ्ग्रहमा प्रकाशन गर्नुभएको छ । योगीसँग हाम्रो गाउँले नाता भएका कारणले पनि निकट थियौं । दोस्रो रोट खाने लोभमा पनि म पटक पटक गोरक्ष गुठी जान्थें । पछि वि.सं.२०२६ सालतिर आफू स्वयम् संस्थापक रहेको र अरूलाई अध्यक्ष बनाएको संस्थामा मलाई आवद्ध गराउनु भयो । रारामा ठुलो साहित्य सम्मेलन गर्ने, राजा महेन्द्रबाट उद्घाटन गराउने, विश्वका राजदूतहरू बोलाउने र विश्वका राजनेतालाई पनि बोलाउने कार्यक्रम तय भयो । त्यस कार्यक्रमको राजा महेन्द्रलाई निमन्त्रणा दिने भनेर काठमाडौंबाट योगी नरहरिका साथमा म लालाझाडी कन्चनपुर गएँ । त्यहाँ राजा महेन्द्रको क्याम्प थियो । गृहमन्त्री शैलेन्द्रकुमार उपाध्याय हुनुहुन्थ्यो । उहाँले हामीलाई १ बजे समय दिनुभयो । म रारा साहित्य सम्मेलनको सहसचिवको हैसियतले राजा महेन्द्रलाई भेट्न सुटेट बुटेट भएर फुर्तीसाथ भित्र पस्नै लागेको थिएँ, दुर्भाग्य १२ बजे त्यहाँ गोलीकाण्ड भएछ । रानी रत्नालाई गोली लाग्यो भनेर हेलिकप्टरमा राजा महेन्द्र काठमाडौंतिर लागे । त्यहाँ त एकैछिनमा कच्ची क्याम्पलाई सेनाले उखेलेर फाल्यो । त्यो जङ्गलमा हामी बस्ने कुरा भएन । म कसैको ट्रकमा चढेर फर्किहालें । योगी नरहरिनाथ र म त्यहाँनेर छुट्यौँ ।

उहाँले वीरेन्द्र शाहले छाता ओढेकै छैन, जसलाई छाता समात्न दिएको छ उसले छाता ओढ्याछ, राजा भिजिराख्या छ भन्नुभयो । त्यतिखेर विमर्श भन्ने पत्रिकामा हरिहर विरहीले लिएको अन्तर्वार्ताले राजनीतिक वृत्तमा तहल्का मच्चियो । त्यो आन्दोलनपछि योगीले पटक पटक मलाई बोलाउनु भयो । मैले आफ्नो अखबारमा उहाँसँग अन्तरवार्ता लिएर छाप्ने पनि गर्थे । जस्तो वीरेन्द्र शाह र नेपालको अवस्थाका बारेमा उहाँले सिक तिल तरू भन्नु हुन्थ्यो । तरु भनेको रुख सिक तिल भनेको नदीको किनार जसको अर्थ तलबाट नदीले बालुवा बगाउदै गर्दा रुख जुनसुकै बेला ढल्छ भन्नुहुन्थ्यो ।

पछि २०४६ सालको जनआन्दोलन अगि म फेरि निकट भएँ । खास गरी योगी नरहरिनाथको मुखबाट त्यो आन्दोलन सुरू भएको हो । उहाँले वीरेन्द्र शाहले छाता ओढेकै छैन, जसलाई छाता समात्न दिएको छ उसले छाता ओढ्याछ, राजा भिजिराख्या छ भन्नुभयो । त्यतिखेर विमर्श भन्ने पत्रिकामा हरिहर विरहीले लिएको अन्तर्वार्ताले राजनीतिक वृत्तमा तहल्का मच्चियो । त्यो आन्दोलनपछि योगीले पटक पटक मलाई बोलाउनु भयो । मैले आफ्नो अखबारमा उहाँसँग अन्तरवार्ता लिएर छाप्ने पनि गर्थे । जस्तो वीरेन्द्र शाह र नेपालको अवस्थाका बारेमा उहाँले सिक तिल तरू भन्नु हुन्थ्यो । तरु भनेको रुख सिक तिल भनेको नदीको किनार जसको अर्थ तलबाट नदीले बालुवा बगाउदै गर्दा रुख जुनसुकै बेला ढल्छ भन्नुहुन्थ्यो । उहाँ अति दुरदर्शी हुनुहुन्थ्यो । उहाँले भनेको कुरा हुन ६÷७ महिना पनि लाग्दैन्थ्यो । उहाँले भन्नुहुन्थ्यो र म लेख्थें जसका कारण दरबारमा हलचल मच्चिन्थ्यो । दरबारभित्र त षड्यन्त्रकारीले घेरेका हुन्थे । राजा महेन्द्र प्रायः योगीकोमा जाने गर्नु हुन्थ्यो । महेन्द्रले वि.सं. २०१९ को संविधानमा हिन्दु राष्ट्र राख्यौं भने सारा क्रिश्चियनहरू रिसाउँछन्, मुसलमानहरू रिसाउँछन् अनि हाम्रो समृद्धि कसरी हुन्छ भनेर महेन्द्रले भन्दा योगीले, तिमीले राख मात्रै, तिम्रो राष्ट्रको रक्षा यसले मात्रै गर्नसक्छ भन्नु भयो । कसरी भनेर महेन्द्रले सोध्दा जवाफमा नेपाल हिन्दु राष्ट्र भयो भने इन्डियाले पहिला त आफ्ना ६० करोड हिन्दुहरूको सामना गर्नु पर्छ । चीन हाम्रो विरुद्ध आइहाल्यो भने तिव्वत जस्तो बनाउन खोज्यो भने त्यतिबेला के गर्छौ तिमीले ? विश्वका एक अरव हिन्दु त हाम्रो पक्षमा आउँछन् । त्यसैले हिन्दु राष्ट्र राख्ने निर्णय भयो ।

उहाँको व्यक्तित्व, चरित्र, सोच समग्र रूपमा हिमालजस्तै स्वच्छ, सफेद, एकदम कञ्चन, वेदाग र अटल छ । मलाई समग्र दक्षिण एसियामा जहाँ समग्र धर्म, संस्कृति, सभ्यताको उठान भयो, जहाँ ८८ हजार ऋषिमुनिहरू ९ वटा नाथहरू ८४ सिद्धहरू जन्मे तिनै सिद्धहरूको परम्परामा पछिल्लो महानायक, महासिद्ध, महागुरु योगी नरहरिनाथ हुनुहुन्छ ।

भानुभक्त आचार्यले भाषिक एकता गरे, पृथ्वीनारायण शाहले भौगोलिक एकता गरे र सांस्कृतिक एकताको नायक योगी नरहरिनाथ हुनुहुन्छ । उहाँको अहिलेसम्म राष्ट्रले सम्मान गरेको छैन । उहाँ ब्रह्मलीन भए पश्चात् हामीले भन्यौं योगी नरहरिलाई राष्ट्रिय सम्मान देऊ र सेनाले व्याण्ड बजाउनु पर्छ भन्दाखेरी राज्यले दिन सकेन । किनभन्दा त्यो सम्मान दिनेवित्तिकै लैनचौर र लाजिम्पाटमा भएका दूताबासहरूले यिनीहरूलाई बसिखान दिदैनथे । उहाँले त हिन्दु धर्मको पक्षमा मात्रै कुरा कहिल्यै गर्नु भएन । मद्रास संस्कृत विश्वविद्यालय र इन्दोरको विक्रमादित्य विश्वविद्यालयमा पढ्नु भएको हुनाले उहाँ इतिहासमा अत्यन्त वैज्ञानिक दृष्टिकोण राख्नुहुन्थ्यो । उहाँमा इतिहासको चेतना भएको मात्र होइन इतिहासप्रतिको इमान्दारिता उत्तिकै थियो । उहाँले कहिल्यै पनि जर्वजस्ती एउटा धर्म र साम्प्रदायिक दृष्टिकोणले कुनै पनि कुरा लेख्नु भएन । उहाँले खाली इतिहास, संस्कृति र सभ्यताको लागि मात्र नभई मलाई हिमालय खण्डमा मात्र हुने जो संसारमा नपाइने १० वटा अमृत चिनाउने जस्ता काम पनि गर्नु भएको छ । लक्ष्मणलाई हनुमानले लिएर गएको बुटी कुन थियो त्यो पनि चिनाउनु भएको छ । कुनै पनि योगको त्यस्तो आसन छैन जसको व्याख्या योगी नरहरिले नगरेको होस् । मैले एकचोटि विश्वविद्यालयका केही प्राध्यापकहरू र उहाँका बीचमा सम्वाद गराएँ । उहाँलाई उनीहरूले जे जे प्रश्न गरे ती सबै प्रश्नको सहजै उत्तर दिनुभयो । म वामपन्थी विचारधाराबाट आएको मान्छे भएकाले उहाँ पहेँलो बस्त्र धारण गरेको र ॐको मात्रै उच्चारण गर्ने हुनाले यो जोगी साम्प्रदायिक तत्व हो भन्ने खालको धारणा थियो तर जब इतिहास, संस्कृति, सभ्यताको व्याख्या गर्नुहुन्थ्यो, कार्ल माक्र्सले गरेको, फ्रेड्रिक एङ्गेल्सले गरेको, स्टालिनले लेखेको, लेलिनले लेखेको, माओले लेखेको भन्दा विश्लेषण र लेखन फरक हँुदैनथ्यो । उहाँ अत्यन्त वैज्ञानिक सोच राख्नु हुन्थ्यो, अत्यन्त द्वन्द्ववादी चिन्तन राख्नुहुन्थ्यो । त्यसैले जीवनको अन्तिम समयमा उहाँले आफूलाई वैदिक साम्यवादी भन्नुभयो । गोविन्द काफ्ले भन्ने झापाका एकजना विद्वानले नमान्दा नमान्दै उहाँको जीवनी लेख्नु भयो । त्यो पुस्तकमा गोविन्द काफ्लेले मलाई भूमिका लेख्न भन्नुभयो । भूमिकामा मैले योगीको वैदिक साम्यवादमा वर्ग सङ्घर्ष छैन समन्वय मात्रै छ, भनेर लेखे तर वाह्य हस्तक्षेप र हाम्रो सभ्यता, संस्कृति र जातीय पहिचानलाई मास्ने साम्राज्यवादी षड्यन्त्र विरुद्ध लड्ने उहाँ जस्तो बलिदान कसले गर्न सक्छ ? उहाँको व्यक्तित्व, चरित्र, सोच समग्र रूपमा हिमालजस्तै स्वच्छ, सफेद, एकदम कञ्चन, वेदाग र अटल छ । मलाई समग्र दक्षिण एसियामा जहाँ समग्र धर्म, संस्कृति, सभ्यताको उठान भयो, जहाँ ८८ हजार ऋषिमुनिहरू ९ वटा नाथहरू ८४ सिद्धहरू जन्मे तिनै सिद्धहरूको परम्परामा पछिल्लो महानायक, महासिद्ध, महागुरु योगी नरहरिनाथ हुनुहुन्छ । योगी नरहरिलाई यदि कुनै नेता, कुनै जाति र कुनै दलले चिन्न सक्यो भने नेपालको वास्तविक पहिचान उसले ग्रहण गर्न सक्छ तर यहाँ योगी नरहरिनाथको बदनाम गरेर अरु विदेशीहरूबाट फाइदा लिनेहरू धेरै छन् । त्यसैले तिनीहरूले यहाँ मान्छेहरूलाई भ्रममा पारिरहेका छन् । अहिले विश्वमा हतियार लगायत राक्षसी द्वन्द्वको सिकार भइरहेको छ मानव जाति । त्यसको विरुद्धको अन्तर्राष्ट्रिय मानव जातिको अगुवाको नाम हो योगी नरहरिनाथ ।

(प्रेम कैदी वरिष्ठ पत्रकार एवम् योगी नरहरीनाथका चेला पनि हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको