चीनले नेपाललाई अनुदानमा थप ३ लाख डोज खोप दिने
१७ फागुन, काठमाडौं । चीनले नेपाललाई अनुदानमा थप तीन लाख डोज कोभिड–१९ को खोप दिने भएको छ । यसअघि ५ लाख डोज दिने भनिएकोमा उक्त संख्यालाई बढाएर आठ लाख डोज पुर्याएको हो।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।
सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्याएको थियो । चीनको खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेको छ ।