१५ आश्विन २०८०, सोमबार

सर्वोच्चले जसरी निर्वाचन आयोगले पनि हाम्रै पक्षमा निर्णय गर्छ : प्रचण्ड



१७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले फैसला सुनाए जसरी निर्वाचन आयोगले पनि आफूहरूकै पक्षमा निर्णय गर्ने दाबी गरेका छन् ।

सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको बताए । तैपनि ओली समूहका नेताहरूले हामी झन् बलियो भयौं भन्न थालेको भन्दै उनले भने, ‘यो के अचम्म हो ? पाहा पछारिए झैं पछारिने, अनि जित्यौं रे ।’

सर्वोच्चको फैसलाले एउटा सेटिङ भत्काएको भन्दै उनले निर्वाचन आयोगको निर्णयले छिट्टै अर्को सेटिङ भत्किने दाबी गरे ।

केही दिनमै निर्वाचन आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने दाबी गर्दै उनले निर्वाचन आयोगले आधिकारिक बहुमतकै आधारमा निर्णय गर्ने बताए । उनले भने, ‘आयोगले सूर्य हाम्रै हुन्छ भनेर फौसला गर्छ । त्यसमा शंका गर्नु पर्दैन ।’

असंवैधानिक निर्णय सर्वोच्चले उल्ट्यादिदा पनि ओलीले साम दाम दण्ड भेद सबै प्रयोग गरेर सत्ता लब्याउन खोजेको प्रचण्डले आरोप लगाए । जबसम्म पुरै पराजित हुँदैनन्, तबसम्म प्रतिक्रियावादीहरूले गडबड गरिरहन्छन् भनेझैं ओली सम्पूर्ण रुपमा पतन नहुँदासम्म प्रतिक्रियावादी पात्रको रुपमा उभिने देखिएको प्रचण्डले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको