२१ मंसिर २०७८, मंगलवार

गुल्मीमा बोराभित्र अपरिचित युवतिको शव भेटियो



१७ फागुन, गुल्मी । गुल्मीमा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ स्थित भाडगाउँमा एक युवतीको शव फेला परेको छ । पहिचान खुल्न नसकेको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

स्थानीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको प्रहरी उपरिक्षक पाण्डेले बताए । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।

भाडगाउँकै २१ वर्षीया सम्झना बोहरा गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शवको पहिचान भने हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको