१४ जेष्ठ २०८०, आईतवार

प्रधानमन्त्री केपी ओली पोखरा प्रस्थान



फागुन १७, काठमाडाैं । प्रधानमन्त्री केपी ओली आज पोखरा प्रस्थान गरेका छन् । प्रदेशस्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमका लागि नेकपा अध्यक्ष समेत रहेका उनी गण्डकी प्रदेशको राजधानी पोखरा प्रस्थान गरेका हुन् ।

पोखरा सभागृहमा ११ बजे सुरु हुने प्रशिक्षणमा प्रदेशका ११ जिल्लाबाट एक हजार दुई सय हाराहारीमा अगुवा कार्यकर्ता भेला हुने नेकपा ओली समूहका प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ११ फागुनमा विघटन बदर गरिदिएपछि ओली समूहद्वारा १३ फागुनको मोटरसाइकल र्‍याली, १४ गतेको मार्चपास र १५ को आमसभा रद्द गरिएको थियो ।

सोही कार्यक्रम आज हुने भएकाले प्रधानमन्त्री ओली पोखरा जान लागेको बताइएको छ । पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले सीमित व्यक्ति आउन पाउने गरी मापदण्ड बनाएको छ ।

पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने प्रदेश कमिटी सचिव नेपालीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको