२३ जेष्ठ २०८०, मंगलवार

भारतीय प्रधानमन्त्री मोदीले कोरोनाकाे कुन खोप लगाए ?



फागुन १७, काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको खोप लगाएका छन् । सोमबारदेखि भारतमा शुरु भएको कोरोना भ्याक्सिनको दोस्रो चरणको शुरुआत गर्दै प्रधानमन्त्री मोदीले आफूले खोप लगाएका हुन् ।

उनले सोमबार बिहानै दिल्लीको एम्स अस्पतालमा कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका हुन् ।

मोदीले खोप लगाएको जानकारी दिँदै भनेका छन्, ‘कोरोना विरुद्धको वैश्विक लडाइँमा हाम्रा डाक्टर र वैज्ञानिकहरुले असाधारण काम गरेका छन् । म सबै योग्य मानिसहरुसँग अपील गर्छु कि भ्याक्सिन लगाउनुस् ।’

उनले सबै मिलेर देशलायृ कोरोनामुक्त बनाउनु पर्नेमा समेत जोड दिएका छन् । न्यूज एजेन्सी अनुसार प्रधानमन्त्री मोदीले भारतको बायोटेककी कोभ्याक्सिन लगाएका छन् । उनलाई पुडुचेरीकी नर्स पी निवेदाले म्याक्सिन लगाएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको