१७ श्रावण २०७८, आईतवार

बुधबारदेखि सांसदलाई कोरोना खोप



फागुन १७, काठमाडाैं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसद्का सांसदहरुलाई दिने निर्णय गरेको छ ।

२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो ।

१९ गतेदेखि खोप लगाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ ।

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु