१० माघ २०७८, सोमबार

आजदेखि प्रि–मनसुन शुरु



फागुन १७, काठमाडाैं । आजदेखि सिजनको हिसाबले प्रि–मनसुन शुरु भएको छ । जाडोयामको सिजन सकिएलगत्तै प्रि–मनसुन शुरु भएको हो ।

मौसमविद्का अनुसार मार्च १ तारिखदेखि तीन महिना प्रि–मनसुनको सिजन हुन्छ । मार्च, अप्रिल र मे महिना प्रि–मनसुनको सिजन हो ।

प्रि–मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि–मनसुन सुरु भएको एक–दुई दिनमा नै यसका गतिविधि शुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताए ।

उनकाअनुसार विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन् । यस्तै, यो सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ ।

प्रि–मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ । सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको