२० जेष्ठ २०८०, शनिबार

योगेश भट्टराई सवार गाडीले ठक्कर दिएर घाइते भएका घिमिरेको अवस्था कस्तो छ ?



फागुन १७, काठमाडाैं । पूर्वमन्त्री एवम् नेकपाका नेता योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा एक जना घाइेत भएका छन् । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको गाडीले ठक्कर दिँदा ५५ वर्षीय इन्द्रपसाद घिमिरे घाइते भएका छन् ।

उनलाई उपचारका लागि काठमाडौं पठाइएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिबिक्रम शाहले बताए ।

उपचारमा नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टरार्ईले चासो देखाएका छन् । प्रदेश–२ सरकार जनकपुरको ज१ झ ४२७ नम्बरको सो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘गाडी चालक पनि हाम्रो नियन्त्रणमा छन्’ एसपी शाहले भने– ‘घाइतेको शरीरको पछाडिको भागमा चोट लागेको छ ।’ गाडी धरमदास महतोले चलाएका थिए । भट्टराई जनकपुरबाट हेटौंडातर्फ जाँदै गर्दा साँझ सवा ७ बजे सो दुर्घटना भएको थियो ।

अहिले काठमाडौंमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको