६ आश्विन २०८०, शनिबार

हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ‘क’ का लागि ४६ आयोजना



कर्णबहादुर रोकाया

१६ फागुन, हुम्ला । कर्णाली प्रदेश सरकारले प्रदेश निर्वाचन क्षेत्र ‘क’ हुम्लाका लागि ९ करोड ६९ लाख २९ हजार बजेट विनियोजन छ । विभिन्न ४६ प्रकारका आयोजना छनौट गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

यो निर्वाचन क्षेत्रमा चंखेली, सर्केगाड, अदानचुली र ताजाकोट गरी चार गाउँपालिका पर्छन् । आर्थिक वर्ष २०७७/०७८ मा यो निर्वाचन क्षेत्रका लागि ४६ आयोजना छनौट गरिएका छन् । कार्यकर्तालाई खुशी बनाउन प्रत्येक वडामा सालाखाला दुई आयोजनाको लागि बजेटको व्यवस्था गरिएको छ ।

चंखेली गाउँपालिकाको ६ वडाका लागि १२, सर्केगाडको ८ वडाका लागि १६, अदानचुलीको ६ वडाको लागि पनि १२ र ताजाकोटका ५ वडाको लागि ६ आयोजना छनौट गरिएको छ । हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ‘क’बाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद तथा सामाजिक विकास मन्त्री दल रावलको सचिवालयबाट आयोजना छनौट गरिएको जानकारी प्राप्त भएको छ ।

यी प्रत्येक आयोजनाको बजेट न्यूनतम ३५ लाखदेखि अधिकतम ४४ लाखसम्म रहेको छ । यी आयोजनामा २४ वटा बाटो तथा सडक, १२ खानेपानी तथा ढल, ५ विद्यालय भवन तथा फिल्ड सुधार, ४ सिंचाई र पैह्रो नियन्त्रण तथा रोकथामका लागि एक– एक आयोजना छनौट गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको