६ आश्विन २०७८, बुधबार

न्यायाधीशकी कान्छी पत्नीको स्कुटरमा भेटियो ब्राउन सुगर



१६ फागुन, काठमाडौं । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेलकी कान्छी पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषधसहित ४२ वर्षीया तुलसालाई आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको न्यायाधीश पत्नीको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा २.२२ ग्राम ब्राउन सुगर भेटिएपछि उनलाई पक्राउ गरिएको दाङका डीएसपी मुकुन्द रिजालले बताए । अहिले उनलाई इलाका प्रहरी कार्यालय, तुलसीपुरमा राखिएको छ ।

तुलसाले लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले भने जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत रहेकी तुलसाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको