काठमाडौं र सुर्खेतमा बर्डफ्लु देखिएपछि मासु आयातमा रोक
कर्णबहादुर रोकाया
१६ फागुन, हुम्ला । सुर्खेत र काठमाडौंमा बर्डफ्लु देखिएपछि सिमकोट गाउँपापालिकाको पहल र सहजीकरणमा सरोकावारवाहरूसँगको बैठकले एक हप्ताका लागि हुम्लामा पशुपन्छीजन्य मासु आयातमा रोक लगाएको छ ।
सिमकोटमा नेपालगञ्ज र सुर्खेतबाट दैनिक पाँच छ क्वीन्टल ब्रोइलरको मासु आयात हुने गरेकोमा अब एक हप्ताका लागि प्रतिबन्ध लगाएको सिमकोट गाउँपालिकाले जानकारी दिएको छ ।
सिमकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र अन्य सरोकारवालाहरूको बैठकले सुर्खेतमा बर्डफ्लु देखिएकाले तत्कालका लागि सिमकोटको हवाईमार्गबाट ल्याइने कुखुराको मासु तथा अन्य पशुपन्छीजन्य सामानहरूमा रोक लगाइएको हो । यसका साथै कवाडी र चंखेली नाकाको स्थलमार्गमा पनि कडा निगरानी गर्न गराउनका लागि स्थानीय तह र प्रहरी चौकीसँग समन्वय समेत गरिएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट आउने कुखुराको मासुको बारेमा पटक–पटक गुणस्तरहीन भएको कुरा उठ्ने गरेपनि भरपर्दो अनुगमन र कारवाहीको प्रक्रिया अघि बढ्न सकेको छैन ।