१ बैशाख २०७८, बुधबार

त्रिभुवन विमानस्थल कालोसूचीमा पर्ने सक्ने, यस्तो छ कारण



१६ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरिक उड्ययन प्राधिकरणका नाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यापारीलाई भाडामा दिने तयारी भएको छ ।

विमानस्थल सुरक्षालाई ख्याल गर्दै पञ्चायतकालमा सर्वसाधारणबाट समेत अधिग्रहण गरिएको करिब १५ रोपनीसहित ९१ रोपनी ६ आना २ दाम जग्गा होटल खोल्न व्यापारीलाई दन लागिएको हो ।

भाडामा दिन विमानस्थलको बाहिरी सुरक्षाका लागि २०६४ फागुनबाट उक्त जग्गामा बस्दै आएको सशस्त्र प्रहरी बल विपत् उद्दार गणलाई हटाउन लागिएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उक्त जग्गा ३० वर्षका लागि निजी क्षेत्रलाई होटल खोल्न दिन लागिएको स्वीकारे । सुरक्षा विज्ञले भने प्राधिकरणको यो तयारीप्रति आपत्ति जनाएका छन् ।

समाचारमा यसरी होटल खोल्दा अन्तर्राष्ट्रिय विमानस्थल कालोसूचीमा पर्ने सक्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु