६ आश्विन २०७८, बुधबार

विवाह मण्डपबाटै समातिए बेहुला



वालविवाह सम्बन्धी कसुरमा प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलबाट प्रहरीले १७ वर्षीया बालिकालाई विवाह गर्न लागेको आरोपमा स्थानीय १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई हिजो पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार पक्राउ परेका दुबै जनामाथि बाल विवाहसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको