मौसम बिग्रियो
फागुन १५, काठमाडाैं । मौमस पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहा मौसम सफा रहेको छ । तराइका केही स्थानमा हल्का कुहिरो हुस्सु लागेको छ ।
आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । महाशाखाका अनुसार पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको विभागले पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।