कांग्रेस नेता जोशीको उपचारमा संलग्न चिकित्सक भन्छन्: ‘बचाउने आशा ३० प्रतिशत छ’
१४ फागुन, काठमाडौं । मस्तिष्कघात भएपछि उपचारमा रहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशिको स्वास्थ्यमा गम्भिर समस्या देखिएको छ ।
नर्भिक अस्पतालमा उपचाररत जोशीको अवस्था निकै जटिल रहेको न्युरो सर्जन डा. राजीव झाले बताएका छन् ।
अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटीस्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो ।
शुक्रबार नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै न्युरो सर्जन डा. राजीव झाले जोशीलाई बचाउने आशा अझै ३० प्रतिशत रहेको बताएका छन् । उनले भने, ‘जोशी बाँच्ने थोरै भए पनि आफूहरूले आशा गरेका छौँ ।’
डा. झाका अनुसार अहिलेसम्म १२० र १३० मिलिलिटर पानी निकालेर। जोशीलाई भेन्टिलेटरमा राखिएको छ ।
स्वास्थ्य अवस्था निकै जटिल भएकाले यस्तो अवस्थामा पुगेका ६०–७० प्रतिशतलाई बचाउन नसकिने बताउदै डा. झाले भने, ‘उहाँलाई कसरी बचाउने भनेर हामी लागेका छौं ।’ यस्तो अवस्थाबाट बाँचेकाहरूमा ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने उनले बताए ।