एउटै फिल्म खेलेको २० करोड लिएपछि दिपीका बनिन् सर्वाधिक महंगी नायिका
९ साउन, काठमाडौं । सर्वाधिक महंगी भारतीय अभिनेतृको सूचिमा दिपिका पादुकोणको नाम शिर्ष स्थानमा अटाउने भएको छ । एउटै चलचित्र अभिनय गरेको पारिश्रमिक २० करोड लिएपछि दिपिका सर्वाधिक महंगी अभिनेतृ बनेकी हुन् ।
चलचित्र बाहुबलीबाट चर्चा र सफलताको शिखर चुमेका अभिनेता प्रभास र दिपिका नयाँ चलचित्रमा अनुबन्धित भइसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । नाग अश्विनको निर्देशनमा बन्न लागेको फिक्सन चलचित्रमा दिपिका र प्रभासको जाडी देख्न पाइने पक्का भएको छ ।
स्रोतका अनुसार लामो समयदेखी दीपिकासँग काम गर्ने चाहाना राख्दै आएका प्रवासले चलचित्रका लागी ५० करोड पारिश्रमिक लिएका छन् । निकै ठुलो लगानीमा निर्माण हुन लागेको फिक्सन अलचित्र थुप्रै भारतीय भाषामा एकसाथ प्रर्दशन हुने निर्माण पक्षले जनाएको छ ।
वास्तविक जिवनमा अभिनेता रणबिर सिंहसँग बैवाहिक बन्धनमा बाधिसकेकी दिपिका प्रभासँग पहिलो पटक पर्दामा जोडी बाध्न लागेकी हुन् ।