१ बैशाख २०७८, बुधबार

शुक्रबारको मौसम : यी ठाउँमा मेघगर्जसहित पानी पर्ने सम्भावना



काठमाडाैं । शुक्रबार पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हिमाली क्षेत्रमा सामान्य हिमपातको पनि सम्भावना पनि रहेको छ ।

मौसमविद्का अनुसार अबको ३ दिनसम्म वाग्मती, गण्डकी, प्रदेश –१ लगायत प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

यस्तै आज वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने र अरु ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु