१४ वर्षीय किशोरले गरे एकै दिन चार बालिकालाई बलात्कार !
बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि बालिका बलात्कार भएको पत्ता लागेको हो ।
ती किशोरले भाँडाकुटी खेलिरहेका ८, ६ र ५-५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ।
आरोपित किशोर बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए। उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए । तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो। उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए।
किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खुट्टा बाँधेर पालैपालो बलात्कार गरेका थिए । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन।
प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।