१५ मंसिर २०७८, बुधबार

महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त



१३ फागुन, काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स् नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको टेक्निकल डिरेक्टरको रुपमा कार्यरत छन् ।

यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एसियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै सुरु गर्ने जनाएको छ ।

नेपालले विश्वकप छनोट अन्तर्गत अर्को महिना अष्ट्रेलियासँग घरेलु मैदानमा खेल्नेछ र त्यसपछि महिला टिमको प्रशिक्षण सुरु गर्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको