२० श्रावण २०७८, बुधबार

प्रचण्ड भेट्न बिहानै खुमलटार पुगे वामदेव गौतम



१३ फागुन, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले आज बिहानै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि विभाजित नेकपाका दुबै समूहमा नलागि पार्टी एकताको पक्षमा उभिएका गौतमले बिहिबार प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

स्रोतका अनुसार बिहान ७ बजे प्रचण्ड निवास खुमलटार पुगेका गौतमले करिब १ घण्टा छलफल गरेका छन् । छलफलका क्रममा गौतमले फेरीपनि पार्टी एकतामै जोड दिएको बताइएको छ ।

गौतमले हिजो (बुधबार) मात्र विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्त राजीनामा दिन आग्रह गरेका थिए । उनले ओली र प्रचण्ड दुवैलाई धुम्बाराहीमा पार्टीको सचिवालय बैठक बोलाउन समेत आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु