१ बैशाख २०७८, बुधबार

सूर्य थापाको अर्को विवादास्पद टिप्पणी : ‘प्रतिनिधिसभा पुनःस्थापना साँचो अर्थमा प्रतिगमन हो’!



१३ फागुन, काठमाडौं । मंगलबार सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेसँगै सारा देशवासीले खुसीयाली मनाइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अदालतको फैसला नै प्रतिगमन भएको धारणा तेस्र्याएका छन् ।

ओपी पक्षका अधिकाँश नेताहरूले समेत फैसलाको स्वागत गर्ने धारणा राखिसकेका बेला अदालतको विश्वसनियतामाथि नै प्रश्न खडा हुनेगरी प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा यस्तो धारणा राखेका हुन् ।

आज (बिहीबार) बिहानै उनले ट्वीटरमा ‘का. रोहित’को भनाइ सेयर गर्दै अदालतको फैसला नै साँचो अर्थमा प्रतिगमन भएको अथ्र्याउन खोजेका छन् । ट्वीटरमा लेखिएको छ, ‘प्रतिनिधि पुनःस्थापना साँचो अर्थमा प्रतिगमन हो- का. रोहित’ ।

उग्र प्रकृतिका विचारहरू राखेर बेलाबेलामा विवादको तारो बन्ने गरेका थापा एकपटक फेरी विवादको तारो बन्ने निश्चित भएको छ ।

थापाको ट्वीट :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु