२४ श्रावण २०७९, मंगलवार

विदेशबाटै मेरोसेयर खोल्न मिल्ने भएपछि नेपाली श्रमिकहरू आकर्षित



१३ फागुन, कतार । सेयर भर्न चाहिने सबै मापदण्ड विदेशबाटै पुरा गर्न मिल्ने भएपछि कतारका नेपाली श्रमिकहरू सेयर बजारमा लगानी गर्न उत्साहित देखिएका छन् । विदेशबाट बैंक खाता, डिम्याट खाता र मेरो सेयर खोल्न मिल्ने भएपछि कामको शिलशिलामा विभिन्न मूलुकमा रहेका नेपालीको सेयर लगानीमा आकर्षण बढ्ने देखिएको हो ।

हालसम्मकै ठूलो पुँजीको सेयर निष्कासन गरेको नेपाल इन्फ्राइस्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)मा आवेदन दिएका सबैलाई आईपीओ परेपछि कतारमा श्रम गर्दै आएका नेपालीहरूमा पनि सेयर लगानीमा आकर्षण बढेको छ ।

कतारबाटै बैंक खातासहित सेयर आवेदन फारम भर्नका लागि मिल्ने भएपछि नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ लगायत बैंकका प्रतिनिधिहरु मार्फत कतारका श्रमिकहरुले खाता खाल्न थालेका छन् । वैदेशिक रोजगारीका क्रममा श्रम गर्नका लागि अनिवार्य बैंक खाता खोल्न पर्ने भएपछि मात्रै बैंक खाता खोलेर प्रयोग गरेका श्रमिकहरू अहिले सेयरमा लगानी गर्न धमाधम डिम्याट खाता खोल्न थालेका छन् ।

तुलनात्क रूपमा पछिल्लो तिनवर्ष यता सेअर लगानीमा आम नेपालीको आकर्षण बढेको तत्थाङ्कले देखाएको छ । पछिल्लो समय खोलिएको महिला लघुवित्तको आइपीओमा पनि मागिएको भन्दा ५ गुण बढिले सेअर आबेदन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको