६ आश्विन २०८०, शनिबार

दोस्रो चरणमा हुम्लाका १३ सयले लगाए कोरोनाविरुद्धको खोप



कर्णबहादुर रोकाया

१२ फागुन, हुम्ला । कोरोनाविरुद्धको दोस्रो चरणको खोप हुम्लामा १३ सय जनाले लगाएका छन् । फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन भएको यो खोप जिल्लाको पाँच स्थानबाट लगाइएको हो ।

सिमकोट केन्द्रले सिमकोट, चंखेली, सर्केगाड, ताजाकोट र अदानचुलीसहित पाँच स्थानबाट दोस्रो चरणको खोप लगाएको छ । यो चरणमा एक हजार २ सय ९६ जनाले खोप लगाएका छन् । यसमा पुरुष एक हजार सात र महिला २ सय ८९ गरी एक हजार २ सय ९६ जना रहेका छन् ।

दोस्रो चरणमा जनप्रतिनिधि १५७, निजामति कर्मचारी ४०९, स्वास्थ्यकर्मी १८०, सञ्चारकर्मी १०, न्यायालय १२, बैंक तथा वित्तीय संस्था ८९, जनपद प्रहरी १८४, नेपाली सेना ३५, सशस्त्र २७, संस्थान तथा प्राधिकरण ८९ र अन्य २३ जनाले हुम्लामा दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाएको खोप सम्पर्क व्यक्ति मनबहादुर रोकायाले जानकारी दिए ।

पहिला हुम्लामा खोप लगाउने बारेमा विभिन्न प्रकारका टिकाटिप्पणी भएकाले बाध्यात्मक रुपमा खोप लगाउने गरिए पनि पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन लागि सबै आकर्षित हुन थालेका छन् । हालसम्म हुम्लामा पहिलो र दोस्रो दुबै चरणमा गरी करीब एक हजार नौ सयले यो खोप लगाइसकेकय छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको