१९ श्रावण २०७८, मंगलवार

हुम्लाको सडकमा पहिलो पटक जीओटेक्स्टाइल प्रयोग



कर्णबहादुर रोकाया

१२ फागुन, हुम्ला । ग्रामिण पहुँच कार्यक्रम हुम्लाले जिल्लाको दार्मा खण्डको सडक निर्माणका लागि पहिलो पटक वातावरण मैत्री कपडा जीओटेक्स्टाइल प्रयोग गरेको छ ।

यो कपडाले बर्षा तथा हिउँदको समयमा पानी र हिउँबाट बग्ने लेदो माटो, झारपात तथा अन्य वस्तुहरूलाई रोकेर शुद्ध पानी मात्र बाहिर पठाउने काम गर्छ । यसले एक वर्षदेखि दुई दशकसम्म निरन्तर पानी छान्ने भएकाले पनि वातावरण मैत्री कपडाको रुपमा हुम्ला जिल्लामा पहिलो पटक प्रयोग गरिएको हो ।

यसले एकातिर बाढी, पहिरो, भूक्षय तथा अतिवृष्टिलाई रोक्ने काम गर्छ भने अर्कातिर निर्माणस्थल क्षेत्रको भूपरिधिलाई बलियो बनाउने गर्छ । यो कपडा विशेषतः खुक्खा गाह्रो लगाइने ठाउँ र ग्यावीन प्रयोग गरिएको स्थानहरूमा प्रयोग भएको जानकारी ग्रामीण पहुँच कार्यक्रम हुम्ला स्रोतले जानकारी दिएको छ ।

हुम्ला जिल्लाको दार्मा र श्रीनगर सडक खण्ड निर्माण आयोजनामा यो कपडा प्रयोग भएको छ । यसबाट केही मात्रामा भए पनि निर्माणस्थललाई वातावरण संरक्षण मैत्री र दिगो व्यवस्थापनमा सहयोग पुग्ने देखिएको छ । हाल यी दुई आयोजनामा करीब २० हजार मिटरभन्दा धेरै जीओटेक्स्टाइल कपडा प्रयोग भइसकेका छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु